१. वेदान्त रसायन विज्ञान झैँ प्रयोगात्मक विज्ञान हो ।
२. यदि बौद्धिक शिक्षा सँगसँगै मानिसले आध्यात्मिक प्रयोग नगरेको भए ऊ वेदान्तको विषयमा केही जान्न सक्ने थिएन ।
३. वेदान्तले हामीलाई शक्ति प्रदान गर्दछ, कमजोरी र शिथिलता होइन ।
४. वनमा वेदान्तको ज्ञान प्राप्त गरेर साधकले संसारमा आएर काम गर्नु पर्दछ र त्यसलार्ई आफ्नो दैनिक जीवनमा उतार्नुपर्दछ ।
५. आफ्नो विश्वाससँग मर्न भन्दा त्यसको लागि जीवित रहन कठिन छ ।
६. वेदान्त निराशावाद होइन । त्यो त आशावादको सर्वाेच्च शिखर हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













