• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्वतका सयौँ बाढीपहिरोपीडित पुनःबासको पर्खाइमा

by
१७ बैशाख २०८०,
0
पर्वतका सयौँ बाढीपहिरोपीडित पुनःबासको पर्खाइमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । पर्वतमा बर्सेनि बाढीपहिराका घटनामा परी दर्जनौँ परिवार घरबारविहीन हुने गरेका छन् । मनसुनजन्य क्षतिबाट घर गुमाएका परिवारका लागि अर्को मनसुन सुरु हुने बेलासम्म पनि पुनःबासको व्यवस्था नहुँदा सयौँ घरपरिवार समस्यामा परेका छन् ।

जिल्लाका सातवटै पालिकाका झन्डै छ सय घरपरिवार पुनःबासको पर्खाइमा रहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत वर्ष मनसुन तथा विभिन्न प्राकृतिक विपद्बाट घरबस्ती गुमाएका परिवारको सङ्ख्या झन्डै छ सय हाराहारीमा छ । ती परिवारलाई हालसम्म पुनःबासको व्यवस्था हुनुपर्ने भए पनि स्थानीय तहको बेवास्ताका कारण हुन नसकेको हो ।

हरेक वर्षात्को समयमा हुने बाढीपहिरो तथा वर्षैँभरि हुने विपद्जन्य क्षतिको विवरण सङ्कलन गर्ने जिम्मा स्थानीय पालिकाको हो । पालिकाले विपद्जन्य क्षतिको व्यवस्थापन र घरबारविहीन परिवारलाई माथिल्लो निकायसँगको सहकार्यमा हरेक हिउँदमा क्षतिग्रस्त घरको पुनःनिर्माण गर्नुपर्ने प्रावधान भए पनि पर्वतमा हुनसकेको छैन ।

स्थानीय सरकारको बेवास्ताका कारण अर्को मनसुन सुरु हुने समयसम्म पनि छ सयभन्दा धेरै परिवारले नयाँ घर निर्माणको सुरसारसमेत गर्न नपाएका हुन् । मापदण्डअनुसार पालिकाले गर्नुपर्ने काम सुरु गर्न नसक्दा पीडितले अनुदान पाउन सकेका छैनन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिमा विवरणसमेत पठाउन नसकेको पीडितहरूले बताएका छन् ।

विपद्जन्य क्षतिमा घर गुमाएका परिवारले पुनःनिर्माणका लागि रु चार लाख अनुदान पाउने व्यवस्था छ । पीडितको अन्यत्र घर बनाउने जग्गा नभएको अवस्थामा जग्गा खरिदका लागि थप रु तीन लाख प्राप्त गर्ने व्यवस्था छ ।

विपद्मा परेको घर मर्मत गर्नुपर्ने भएमा रु ५० हजार पाउने उल्लेख गरिएको छ । यसरी पाउने रकममध्ये पालिकाले १५ प्रतिशत र बाँकी रकम गृह मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन महाशाखामार्फत जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउने कार्यविधि भए पनि पर्वतमा भने अर्को मनसुन सुरु हुने बेलासम्म कुनै पनि प्रक्रिया अघि बढ्न नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतका प्रशासकीय अधिकृत दिलीप सुवेदीका अनुसार गत वर्षको मनसुनका समयमा क्षतिग्रस्त घरको सङ्ख्या छ सयभन्दा धेरै भए पनि अहिलेसम्म कुनै पनि पीडितले राहत पाउन सकेका छैनन् । गत बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको विपद्जन्य क्षतिबारे अन्तक्र्रियामा सातै पालिका प्रमुखले चित्तबुझ्दो प्रतिवेदन प्रस्तुत गर्न नसकेको उनले बताए ।

‘अब यो वर्षको मनसुन सुरु हुने बेला भइसक्यो’, सुवेदीले भने, ‘कुनै पनि पालिकाले गत वर्षको क्षति व्यवस्थापनमा चासो दिएको पाइएन । यो गतिविधिले विपद्जन्य क्षति न्यूनीकरणमा पालिकाको उदासिनता पुष्टि हुन्छ ।’ उनका अनुसार प्रशासनले आयोजना गरेको प्रगति समीक्षासहितको बैठकमा पालिका प्रमुखले राजनीतिक दबाबमा क्षतिग्रस्त घरको सङ्ख्यामात्रै अनावश्यक बढाएर पेस गरेको देखिएको छ ।

प्रशासनका अनुसार क्षतिग्रस्त घर निर्माणका लागि स्थानीय पालिकाको सम्बन्धित वडाको स्थलगत प्रतिवेदन र सिफारिस, प्रहरी मुचुल्का, दुरुस्त देखिने तस्बिर, अन्यत्र घर नभएको पुष्टि हुने कागजातलगायत आवश्यक हुन्छ । घरधनीले नयाँ घर निर्माणको सम्झौता गरेपछि तीन चरणमा गरी रु चार लाख अनुदानवापत प्राप्त गर्ने व्यवस्था रहेको छ ।

यो वर्ष पनि यस्ता घटना घट्ने भएकाले समयमै काम सम्पन्न नगर्दा पीडितहरूले राज्यबाट राहत पाउने समस्या बढ्दै जाने मानवअधिकार सङ्गठनका अध्यक्ष माधव शर्माले बताए ।

Previous Post

वीरगञ्जमा जथाभावी फोहर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा

Next Post

उपचारपछि कांग्रेस नेता डा भण्डारी स्वदेश फर्किदै

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
कांग्रेसले गर्यो सांसद भण्डारीको स्वास्थ्यलाभको कामना

उपचारपछि कांग्रेस नेता डा भण्डारी स्वदेश फर्किदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In