१. मेरो भनाई हो कि सबैसँग मित्रता गरौँ तर राष्ट्रको शक्तिमा विश्वास राखौँ । राष्ट्रको हित यसैमा छ कि हामी आर्थिक दृष्टिले सबल बनौँ र सैनिक शक्तिले स्वावलम्बी ।
२. पाकिस्तानले काश्मीर काश्मीरीहरुका निमित्त चाहँदैन । ऊ काश्मीर चाहन्छ पाकिस्तानका लागि । ऊ काश्मीरीहरुलाई बलिको बोको बनाउन चाहन्छ ।
३. म पाकिस्तानसँग मित्रताको विरुद्ध छैन । पूरै देश पाकिस्तानसँग सम्बन्ध सुधार्न चाहन्छ तर जबसम्म काश्मीरमा पाकिस्तानको दावा कायम छ, तबसम्म शान्ति हुन सक्दैन ।
४. पाकिस्तानले हामीलाई बारम्बार अप्ठ्यारोमा पारिरहन्छ तर ऊ स्वयम् पनि अप्ठ्यारोमा पर्दछ । ऊ भारतको किरीट काश्मीरतर्फ बक्रदृष्टि गाड्दछ । काश्मीर भारतको अङ्ग हो र रहनेछ । हामीले पाकिस्तानलाई स्पष्ट भन्दिनु पर्दछ कि ऊ काश्मीरलाई हत्याउने नियत त्यागोस् ।
५. हामी एक विश्वको आदर्शको प्राप्ति र मानवको कल्याण तथा उसको कीर्तिका लागि त्याग र बलिदानको बेलामा कहिल्यै पछि हट्दैनौँ ।
६. एटम बमको जवाफ के हो ? एटम बमको जवाफ एटम बम नै हो अरु कुनै जवाफ छैन ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट











