काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण कोशी, मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । भोलि पनि देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।












