हाम्रो भान्सामा उपयोग गरिने तेजपातले स्वाद बढाउनुका साथै स्वास्थ्यलाई पनि राम्रो गर्छ ।
– आयुर्वेदले त तेजपातलाई औषधि नै मानेको छ । यसमा भिटामिन सी, ए, बी, ई, आइरन, क्याल्सियम, पोटासियम लगायतका एन्टीअक्सिडेन्ट तत्वहरू भेटिन्छन् ।
– यदि तौल घटाउनु छ भने तेजपातयुक्त चिया पिउन सकिन्छ । यसले शरीरको मेटाबोलिजम स्तर बढाएर शरीरबाट अतिरिक्त बोसो पगाल्नमा सहायता गर्छ । विशेष गरी जाडो महिनामा तेजपातको चिया पिउँदा अनेकौं रोगबाट मुक्ति पाइन्छ ।
– तेजपातमा भएको पोषकतत्वले रक्तचाप नियन्त्रणमा राख्न सहयोग गर्छ । जसले गर्दा मुटुरोग लाग्न पाउँदैन ।
– तेजपातको चिया पिउँदा शरीरमा इन्सुलिनको स्तर बढ्छ । यसले रगतमा ग्लुकोजको मात्रा घटाइदिन्छ र मधुमेहलाई नियन्त्रणमा राख्छ ।
– तेजपातमा भएको एन्टीफङ्गल गुणले शरीरमा कुनै पनि किसिमको सङ्क्रमण हुन दिँदैन । यसमा भएको क्यान्डिडा एल्बिक्यान्सले जस्तोसुकै संक्रमणसँग लड्नका लागि शरीरलाई सहायता गर्छ ।













