दुईजना नेताहरु हेलिकप्टरमा चढेर बाढीग्रस्त क्षेत्र निरीक्षण गरिरहेका थिए ।
पहिलो नेताः यदि मैले यहाँबाट ५०० को नोट फ्याँके भने त्यो पीडित जनता कति खुशी होलान् हगि ?
दोस्रो नेताः मैले पनि यहाँबाट १००० को नोट फ्याँके भने झन् कति खुशी होलान् त ?
(दुवै नेताको कुरा सुनेर पाइलटलाई साह्रै रिस उठेछ र झोक्किदै भनेछ)
पाइलटः यदि मैले तपाईंहरु दुवैलाई यहाँबाट फ्याँके भने जनताहरु सबैभन्दा बढी खुशी हुन्छन् ।
एकचोटि भनेको कुरा काट्दिन
प्रेमीः प्रिय तिमी कति वर्षकी भयौ ?
प्रेमिकाः लजाउँदै….सोह्र वर्ष ।
प्रेमीः तर पाँच वर्ष अगाडि पनि तिमीले आफ्नो उमेर यही नै बताएकी थियौ । अलि गम्भीर भए जस्तै गर्दै….।
प्रेमिकाः म आफूले एकचोटी भनेको कुरा कहिले काट्दिन ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













