दोस्रो विश्व युद्धका बेला बेलायतका प्रधानमन्त्री रहेका सर विन्स्टन चर्चिल २०औँ शताब्दीका महान् राजनेता मध्ये एक मानिन्छन् । राजनीति बाहेक साहित्यको क्षेत्रमा पनि उनको विशेष योगदान छ । इतिहास, राजनीति र सैन्य अभियानका अनुभवलाई सँगालेर उनले एउटा पुस्तक लेखे । त्यो पुस्तकले सन् १९५३ मा साहित्य तर्फको नोबेल पुरस्कार दिलायो ।
केटाकेटीमा उनी भकभके थिए । त्यसै कारणले साथीहरु उनलाई जिस्क्याउँथे । त्यसै समयमा उनले आफ्नो भकभकाउने बानी सुधारेर महान वक्ता बन्ने संकल्प लिए । उनले त्यसै गरेर आफ्नो बोल्ने क्षमताको कारण राष्ट्रिय स्तरको नेता पनि बनी छोडे ।
दोस्रो विश्वयुद्धको बेला जर्मन सेना बेल्जियम र हल्याण्डमा पसे । यसैकारण बेलायती प्रधानमन्त्री चेम्बरलेनले राजिनामा दिए । यस्तो समयमा त्यहाँ एक साहसी, अनुभवी तथा सैन्य ज्ञान भएको प्रधानमन्त्रीको आवश्यकता थियो । ११ मे १९४० मा विस्टन चर्चिल बेलायतको प्रधानमन्त्री बने । आफ्नो पहिलो भाषणमा उनले इमानदारी पूर्वक भनेका थिए । मसँग तपाईंलाई दिने रगत, आँशु, मेहनत र पसिना बाहेक केही पनि छैन ।
त्यो समयमा चर्चिल ६५ वर्षका थिए तर पनि उनी हरेक दिन १६ घण्टा काम गर्थे । थोरै काम गरेपछि उनी आराम गर्थे । जसबाट उनलाई नयाँ शक्ति मिल्थ्यो । उनी बिहान ११ बजेसम्म ओछ्यानमै पल्टिएर काम गर्थे । त्यो समयमा रिपोर्ट पढ्थे, आदेश लेखाउँथे, फोन गर्थे । त्यस्तै महत्वपूर्ण बैठक पनि गर्थे । बिहानको खानापछि १ घण्टा सुत्ने गर्थे । बेलुका ८ बजेको खाना अघि २ घण्टा सुत्ने गर्थे । यसै कारणले उनी आधा रातभन्दा पछि पनि बिना थकाइ काम गरिरहन्थे ।
साभारः ‘सफलता’ पुस्तकबाट













