हरिबहादुर र धुर्मुस पार्टीमा गएका थिए । त्यहाँ एकजना जोगी पनि थियो । जोगीलाई देखेर उनीहरुले जिस्क्याउन थाले । हद भएपछि जोगी यसरी हामी जस्ता जोगीहरुलाई नजिस्काओ अनर्थ होला नि ! जोगीले त्यति भन्दा पनि उनीहरुले जिस्काउन छाडेनन् ।
एकछिनपछि दुवैले आँखा देख्न छाडे । उनीहरुले रुँदै जोगीसँग माफी माग्दै भने क्षमा गर्नुहोस् बाबाजी अबदेखि हामी कहिल्यै जोगीलाई जिस्काउँदैनौँ । तपाईंलाई जिस्काउँदा हामीले आँखा देख्न छोडियो । यो सुनेर जोगी झनै ठूलो स्वरुले करायो । कहाँ म¥यो जेनेरेटर चलाउने मान्छे ! बत्ति गएर पूरै अँध्यारो भएको छ ।
अर्काे उँट
शिक्षिकाः मरुभूमिमा मात्र पाइने जनावरको मात्र नाम भन त जिग्री
जिग्रीः उँट ।
शिक्षिकाः स्याबास । अर्काे जनावरको नाम भन त ।
जिग्रीः अर्काे उँट ।
यस्तो उत्तरले शिक्षका झस्किरहन्छिन् ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













