काठमाडौँ । अमेरिकाले मिनटम्यान-३ मिसाइलको सफल परीक्षण गरेको छ । अमेरिकी वायुसेनाले यो परीक्षण क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसमा एयर फोर्स ग्लोबल स्ट्राइक कमाण्ड एयरमेन र नेवी एयरक्रूको संयुक्त टोलीले गरेको जनाएको छ ।
एयरबोर्न लन्च कन्ट्रोल सिस्टमबाट टेस्ट रि-इन्ट्री भेहिकलसहितको निशस्त्र मिनेटम्यान–३ मिसाइल प्रक्षेपण गरिएको थियो । वायुसेनाले यो परीक्षण नियमित गतिविधिको हिस्सा भएको जनाएको छ । यसको उद्देश्य अमेरिकाको आणविक प्रतिरोध सुरक्षित, भरपर्दो र प्रभावकारी रहेको देखाउनु हो । यस्तो परीक्षण पहिले नै ३०० पटकभन्दा बढी गरिसकिएको छ । अमेरिकी वायुसेनाले यो परीक्षण विश्वव्यापी घटनासँग सम्बन्धित नभएको स्पष्ट पारेको छ ।
रणनीतिक प्रतिरोध अमेरिकाको वायु सेनाको सबैभन्दा महत्त्वपूर्ण मिशन भएको र अमेरिकाको रक्षाको आधारशिला भएको वायुसेना ग्लोबल स्ट्राइक कमाण्डका कमाण्डर जनरल थॉमस ए बुसिएरले बताएका छन् ।
यस मिशन कार्यान्वयन गर्ने क्षमता स्ट्राइकर एयरमेनको कारणले भएको बताउदै उनले यसको क्षमतामा पूर्ण र अटल विश्वास रहेको बताए । यस मिसाइलले कुनै पनि समय, संसारको जुनसुकै ठाउँमा प्रहार गर्न र लड्न तयार हुने अमेरिकी वायु सेनाले जनाएको छ ।
यो मिसाइल ४२०० माइलसम्म उडेको थियो
मिनटम्यान(३ को रिइन्ट्री गाडीले मार्शल टापुको क्वाजालेन एटोलमा लगभग ४२०० माइल यात्रा गरेको थियो । यी परीक्षणहरूले इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसीएमबि) हतियार प्रणालीको शुद्धता र विश्वसनीयता प्रमाणित गर्ने बताइएको छ ।
मिनेटम्यानको दायरा
मिनटम्यान(३ मिसाइलको रेन्ज १० हजार किलोमिटर रहेको छ । यसको गति म्याक २३ वा २४ हजार किलोमिटर प्रतिघण्टा छ रहेको छ । मिनेटम्यानको पूरा नाम एलजीएम(३० जी मिनेटम्यान(३ हो । एलजीएममा एल भनेको साइलो लन्च मिसाइल हो । यो अमेरिकी रक्षा मन्त्रालयद्वारा एक को को रूपमा तय गरिएको छ । जी को अर्थ ग्राउन्ड अट्याक र एम को अर्थ गाइडेड मिसाइल हो । यति मात्र होइन, यसको नाममा रहेको ३० ले मिनेटम्यान सिरिजको मिसाइललाई जनाउँछ र त्यस पछिको जीले हालको मिनेटम्यान–३ मिसाइललाई जनाउँछ ।












