• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेनी जोमसोम सडकः माथि पहिरो तल उर्लिदो काली

by
१४ अशोज २०७९,
0
बेनी जोमसोम सडकः माथि पहिरो तल उर्लिदो काली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।बेनी जोमसोम सडक खण्डका विभिन्न स्थानमा झरेको पहिरोका कारण जोखिम बढेको छ। पछिल्लो समय यस खण्डका ठाउँ ठाउँमा ठूल्ठूला पहिरोहरू खसेका छन्। विशेष गरी वर्षाको समयमा माथिबाट खस्ने पहिरोका कारण यहाँको यातायात सेवा बेला बेलामा अवरुद्ध हुने गरेको।

म्याग्दीको गलकोटदेखि घाँसासम्मको सडकका अधिकांश स्थानमा पहिरो झरेको छ। पहिरोका कारण नियमित रुपमा आवतजावत गर्ने सर्वसाधारण सास्ती भोग्न बाध्य छन्। पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ का भीम बरुवालले पहिरोसँगै ठूला ठूला ढुङ्गाहरू झर्दा बेला बेलामा बाटो बन्द हुने गरेको बताउनुभयो। भीमले पानी परेको समयमा बेनी जोमसोम सडकमा यात्रा गर्न निकै जोखिमपूर्ण हुने गरेको दुःखेसो गर्नुभयो।

पहिरोले वर्षेनी यस्तै समस्यामा पार्दै आएको छ। “उता माथि वेग खोला आउँछ, वेग खोलाको बाढी आएपछि त्यहाँको झोलुंगे पुल, त्यहाँको मोटर पुल नै बगाएको पनि धेरै भयो। अहिले सम्म बन्न सकेको छैन, त्यहाँ पनि ठूलो समस्या छ। ” भीमले माथिल्लो क्षेत्रमा खस्ने पहिरोका कारण तल्लो तटीय क्षेत्रमा समेत बाढीको जोखिम बढेको बताउनुभयो। भीम भन्नुहुन्छ, “तल उर्लिएको कालीगण्डकी बगिरहेको छ, पहिरोले कालीगण्डकी थुनिने जोखिम उस्तै देखिन्छ, यदि पहिरोकै कारण कालीगण्डकी थुनिएको खण्डमा नदी किनारका बस्ती कुनै पनि बेला सखाप हुन सक्छन्।“ भीम यस्ता सम्भावित जोखिमबाट हुने क्षति कम गर्नका लागि यहाँको भौगोलिक अवस्थाका बारेमा अध्ययन गरी पहिरो नियन्त्रणमा ध्यान दिनु पर्ने बताउँछन्।

हिमाल पारीको जिल्ला मुस्ताङ जोड्ने सडकको डरलाग्दो अवस्थाका कारण यहाँको पर्यटन क्षेत्रमा पनि असर परेको छ। पहिरोको उच्च जोखिमसँगै सडकको अवस्था दयनीय भएकाले जिल्लामा भित्रिने पर्यटकको आवागमनमा समस्या भइरहेको थासाङ गाउँपालिका वडा नम्बर १ टुकुचेका होटल व्यवसायी सरोज तुलाचनले बताउनुभयो।

सरोजले वर्षौँदेखि चिनको कोरला नाका पनि जोड्ने बेनी जोमसोम सडक कालोपत्रे नहुदाँ जिल्लामा पर्यटनका गतिविधिमा प्रत्यक्ष रुपमा असर परेको गुनासो गर्नुभयो। सरोज तुलाचन भन्नुहुन्छ, “हाम्रो राष्ट्रिय गौरवको आयोजना छ नि पोखरा टु अहिले बेनी बाटो हजुरले देख्नु भयो नि यति वर्षमा पनि बन्न सकेको छैन। अझै कहिले पुरा हुने हो छाँटकाँट केही छैन, जति सम्म यही बाटोले दुःख दिएको छ हजुर। यसरी पहिरो खस्दा पर्यटकलाई साह्रै दुःख हुन्छ।”

बेनी जोमसोम सडक खण्डमा सुपभाइजरका रुपमा कार्यरत अरूण हमालले हिउँदको समयमा पहिरो पन्छाएर सडक विस्तारको काम हुने गरेको बताउनुभयो। हिउँदमा राज्यको ठूलो रकम खर्चिएर सडकलाई व्यवस्थित बनाउने काम गरे पनि सबै मेहनत वर्षामा आउने बाढी पहिरोसँगै बग्ने गरेको अरूणले बताउनुभयो।

Previous Post

संस्मरण लेख्दै कटरीना

Next Post

हुम्लामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
हुम्लामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

हुम्लामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In