नयाँदिल्ली – भारतको सर्वोच्च अदालतले अविवाहित महिलाले पनि २४ सातासम्मको गर्भपतन गर्न सक्ने व्याख्या गरेको छ। न्यायाधीशहरू डी वाई चन्द्रचुड, जेबी पार्दिवाला र एस बोपान्नालेको इजलासले यस्तो व्याख्या गरेको हो।
भारतमा गर्भपतन कानुन मेडिकल टर्मिनेसन अफ प्रिग्नेन्सी (एमटीपी) ऐनमा विवाहित महिलालाई मात्र २४ सातासम्मको गर्भपतन गर्ने व्यवस्था गरेको दाबी गरिँदै आएको थियो। तर सर्वोच्चले त्यसलाई खारेज गर्दै सबै महिलाले उक्त अवधिसम्मको गर्भपतन गर्न पाउने व्याख्या गरिदिएको हो।
गर्भपतनका विषमय महिलालाई विवाहित र अविवाहित गरी विभाजन गर्नु संवैधानिक प्रावधानविपरीत भएको समेत उल्लेख गरेको छ। विवाहित महिलालाई मात्र गर्भपतन अधिकारको हुन्छ भन्नु पश्चगामी हुने अदालतको व्याख्यामा उल्लेख छ।
‘यी अधिकारको अभ्यास गर्न महिला स्वायत्तरस्वतन्त्र छन्,’ इजलासका न्यायाधीश चन्द्रचुडले लाइभ लसँग भनेका छन्। अदालतले महिलालाई प्रजनन अधिकार भएकोसमेत उल्लेख गरेका छन्।













