• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

एकैपटक सयौँ विमान खरिदसँगै भारतीय उड्डयन सेवा स्वर्णिम युगमा प्रवेश

by
२ बैशाख २०८०,
0
एकैपटक सयौँ विमान खरिदसँगै भारतीय उड्डयन सेवा स्वर्णिम युगमा प्रवेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँदिल्ली । नयाँ विमानथलहरूको सञ्चालन, विमान कम्पनीहरूबाट एकैपटक सयौँ विमान खरिदको ‘अर्डर’, लाखौँ यात्रीको भारतीय विमानस्थलबाट दैनिक आगमन एवम् प्रस्थानसँगै उड्डयन उद्योगको विस्तार, बढ्दो विश्वसनीयता र प्रतिष्ठाले भारतीय उड्डयन सेवा स्वर्णिम युगमा प्रवेश गरेको छ ।

नयाँ विमानस्थलहरू द्रुत गतिमा उद्घाटन भइरहेका छन्भने एयरलाइन्सहरूले सयौँको सङ्ख्यामा विमानहरू अर्डर गरिरहेका छन् । नागरिक उड्डयनको। क्षेत्रमा भएको यो विस्तारले भारत विश्वकै अग्रणी उड्डयन केन्द्र बन्न तयार भएको देखाएको छ जसले देशको गौरव र गरिमालाई पनि बढाएको छ ।

कुनै देशको हवाई यात्रुको मात्रा र चापलाई त्यसको अर्थतन्त्रको स्वास्थ्यको अनौपचारिक मापनका साथै त्यो देशका नागरिकको क्रयशक्तिको प्रतिबिम्बको रूपमा लिन सकिन्छ । धेरैभन्दा धेरै यात्रीको पहिलो रोजाइ विमान बनिदिँदा त्यो देशको बलियो अर्थव्यवस्थालाई सङ्केत गर्छ । भारतको सुदृढ आर्थिक आधार र नीतिका कारण यो सम्भव भएको हो । बिस्तारै उठेको उड्डयन क्षेत्रले अहिले गतिमात्र लिएको छैन उच्चतम उचाइमा उडान गरिरहेको छ ।

देशको उड्डयन क्षेत्रमा अचानका भएको वृद्धि र यात्रीको चापलाई दृष्टिगत गरी टाटा सन्सको नेतृत्वमा एयर इन्डियाले गत महिना चार सय ७० वटा बोइङ र एयरबस विमान खरिदका ऐतिहासिक सम्झौता गर्नुले भारत अब उड्डयनको स्वर्ण युगतर्फ उन्मुख भएको देखाउँछ ।

झण्डै एक सय अर्ब अमेरिकी डलरको यो सम्झौतामा आर्थिक उन्नयनको दिशामा उकालोतिर लम्केको भारतलाई देखाएको छ भने विश्वभरका यात्रीका आवश्यकता पूरा गर्ने बृहत् विमानका विस्तृत शृङ्खलालाई समावेश गरेको छ । बोइङ र एयरस्पेससँगको ती सम्झौताले भारतको आर्थिक विकासलाई सुपरिचत गराएको छ किनकी यसअघि विश्व नागरिक उड्डयनको क्षेत्रमा यति ठूला सम्झौता भएका थिएनन् ।

एयर इन्डिया र बोइङबीच भएका सम्झौतालाई अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइस अमेरिकी अर्थतन्त्र र आफ्नो देशका कामदारका लागि मात्र नभई भारतका जनताका लागि पनि अवसर भएको बताउँछन् । अमेरिका र भारतबीच साझा हित र मूल्यमा आधारित सुदृढ आर्थिक सम्बन्धलाई एयर इन्डिया र बोइङबीचको सम्झौताले अझ सबल एवम् सुदृढ बनाएको उनी बताउँछन् ।

भारत हवाई सेवाको उदीयमान बजारमा विस्तारै रुपान्तरण भइरहेको छ । यसलाई सबैले आशावादी भएर हेरेका छन् । कोरोना महामारीपछि पनि केही सुस्ताएको उड्डयन बजार पुनः गतिशील भएको छ । गतवर्षदेखि गति लिएको उड्डयन क्षेत्रमा अघिल्लो वर्षको तुलनामा सन् २०२० र २०२१ को तुलानामा गत वर्ष ४३ प्रतिशत अर्थात् १२ करोड ३० लाखले हवाई यात्रा गरेका थिए ।
बजार तथा उपभोक्ता तथ्याङ्क विशेषज्ञ ‘स्ट्याटिस्टा’ ले आर्थिक वर्ष २०२२ मा भारतीय विमानस्थलबाट २२ करोड अन्तर्राष्ट्रिय यात्री आफ्ना गन्तव्यमा गएका अभिलेख राखेको छ ।

भारतमा करिब चारसय विमानस्थल र एयर स्ट्रिप छन् । तीमध्ये सन् २०२२ को अन्त्यमा सञ्चालनमा आएका हुन् । भारतीय उड्डयन क्षेत्रले सामान्य रूपमा भारतीय आर्थिक वृद्धिसँग समानान्तर हुने प्रक्षेपण गरिएको छ । जुन आगामी एक दशकमा प्रमुख विश्व अर्थतन्त्रहरूमध्ये सबैभन्दा द्रुत गतिमा बढ्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि हालै संसालाई नै पछि पार्दै भारत दिगो आर्थिक विकासको मार्गमा अघि बढ्ने प्रक्षेपण गरको छ ।

हवाई भाडा घटाउने, बजेट एयरलाइन्सको फ्लीटमा द्रुत विस्तार र भारतमा लगातार बढ्दो मध्यम आय समूहजस्ता सरकारका सक्रिय उपायहरूले भारतीय उड्डयन क्षेत्रको सफलतामा ठूलो योगदान गरेको छ । उदार उड्डयन नीतिका कारण भारत विश्वको सबैभन्दा सस्तो हवाई बजारको पनि बनेको छ ।

खाडी राष्ट्रका विमान कम्पनीले जमाएको प्रभुत्व भारतीय वायु सेवाले चुनौती दिने विशेषज्ञहरूको ठम्म्याइ छ । उनीहरूका अनुसार भारतीय विमान अब विश्वव्यापी रूपमा सबैभन्दा मनपर्ने वाहक बन्न सक्छन् ।

हरेक दिन एक हजार आठ सय उडान गर्ने सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी इन्डिगोले पनि आफ्नो फ्लीटमा नयाँ विमान ल्याउने तयारी गरेको छ । पाँच सभभन्दा बढी विमान आपूर्तिको अर्डर दिइएको छ जुन चाँडै इन्डिगो फ्लीटमा सामेल हुनेछन् ।

इन्डिगोले आफ्नो सेवालाई अझ विस्तार गर्न हाल सञ्चालमा रहेका बाहेक थप पाँच सय वटा विमान खरिद गर्न लागेको जानकारी इन्डिगोको इन्टरनेशनलका बजार प्रमुख विनय मल्होत्रा बताउँछन् ।

दैनिक एक हजार आठसय उडानमध्ये दश प्रतिशत अन्तर्राष्ट्रिय रुटमा हुने गरेका बताउँदै उनले ती भारतीय उपमहाद्वीप र वरपरका केही देश बाहेक टर्कीएको इस्तानबुलसम्म सेवा भइरहेको जनाएका छन् ।

ग्लोबल एभिएशन एडभाइजरी एण्ड रिसर्च अर्गनाइजेशनले गरेको भारतीय उड्डयन प्रवृत्तिको विश्लेषणमा अन्तर्राष्ट्रिय हवाई यात्रुको मात्रामा तीव्र गतिमा वृद्धि हुने देखिएको छ ।

उक्त सङ्गठनले सन् २०२९(३० मा ११ करोड ५० लाखदेखि १२ करोड ५० लाखसम्म पुग्ने अनुमान गरेको छ । घरेलु बजार पनि निकट भविष्यमा धेरै गुणा यात्री बढ्ने प्रक्षेपण गरिएको छ । सरकारको ‘उडे देशका आम नागरिक योजना’ ले भारतका मध्यम वर्गलाई हवाई यातायातमा आकर्षित गर्न र हवाई यात्री ठूलो योगदान गरेको छ, जुन केही हदसम्म सफल पनि भएको छ ।

गोवामा ग्रेनफिल्ड अन्तर्राष्ट्रिय विमानस्थलको हालै उद्घाटन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विश्वको तेस्रो ठूलो हवाई बजार बनेको उल्लेख गर्दै ‘उडे देशका आम नागरिक’ योजनाले मध्यम वर्गको उडानको सपनालाई कसरी पूरा गरेको अध्ययनको विषय भएको बताए ।

भारतीय एयरपोर्ट्स अथोरिटी अफ इन्डियाले एक दशकभन्दा कम अवधिमा दर्जनौं एयरपोर्ट आन्तरिक हवाई सेवा सञ्जालमा थपेको छ भने निर्माणाधीन विमानस्थललाई निर्धारित समयमै पूरा गर्न अहोरात्र काम गरिरहेको छ । आन्तरिक विमानस्थलको वृद्धिसँगै आन्तरिक हवाई यात्रीको सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ ।

निकट भविष्यमा विश्वस्तरका विशाल विमानस्थल बनाउने लक्ष्यका साथ भारत अघि बढेको छ । वार्षिक एक करोड २० लाख यात्रीलाई सेवा प्रदान गर्ने गरी आगामी वर्षभित्र नोएडा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने अपेक्षा गरिएको भारतीय विमानस्थल प्राधिकरणका अध्यक्ष सञ्जीव कुमारले बताएका छन् ।

भारतको उड्डयन उद्योग सारा विश्वका लागि आशाको किरण बनेको उल्लेख गर्दै उनले विमानस्थल र विमानको सङ्ख्या बढेसँगै भारत उड्डयन स्वर्णिम युगतर्फ अग्रसर भएको बताएका छन् ।

Previous Post

लाइसेन्सको काम तीन दिनदेखि ठप्प

Next Post

भारतीय अभिनेत्री तथा मोडल श्रेया सरनको सुन्दर ‘लुक’ (फोटो फिचर)

सम्बन्धित खबर

सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
आवाज

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

१३ चैत्र २०८२,
खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
आवाज

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
Load More
Next Post
भारतीय अभिनेत्री तथा मोडल श्रेया सरनको सुन्दर ‘लुक’ (फोटो फिचर)

भारतीय अभिनेत्री तथा मोडल श्रेया सरनको सुन्दर ‘लुक’ (फोटो फिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In