हजरत मुहम्मदका केही अमर वाणीहरुः
१) त्यो कहिल्यै नर्कमा जाँदैन, जसको हृदयमा रायो जत्रै पनि इमानदारी होला र त्यो कहिल्यै स्वर्गमा प्रवेश गर्न सक्दैन जसको हृदयमा रायो जत्रो पनि अहङ्कार हुनेछ ।
२) जो व्यक्ति रोष प्रकट गर्ने शक्ति राख्दछ तापनि त्यसलाई दबाउँछ त्यसलाई सबैका सामुन्नेबाट कयामतको दिन ईश्वरले बोलाउनेछन् र धेरै निमन्त्रणा दिनेछन् ।
३) जब बोल्छौ सत्यमात्र बोल, जुन वचन दिन्छौ त्यो पूरा गर, आफ्नो दायित्व निर्वाह गर, व्यभिचार नगर, पवित्र बन, खराब विचारलाई मनमा नल्याऊ ।
४) अवैध र खराब बस्तु ग्रहण गर्नबाट अरुलाई प्रहार गर्नबाट आफ्ना हातलाई बचाऊ ।
५) ईश्वरका सच्चा अनुयायी ती हुन् जसलाई देख्नासाथ उनले सम्झिन्छन् । ईश्वरका खराब सेवक ती हुन् जोसँग अरुलाई दुःख दिएका कथा जोडिएका छन् र जो मित्रलाई फुटाउँछन् र असल मानिसका दोष खोजिरहन्छन् ।
६) तिमीहरुमध्ये मेरो सबभन्दा प्यारो र कयामतका दिन मेरो सिंहासनको अति समीप रहने व्यक्ति त्यो हुनेछ जो तिमीहरुमध्ये दान दिनमा सबैभन्दा अब्बल हुन्छ ।
७) तिम्रो सहायता अवश्य गरिनेछ र तिमी उचाइ पनि प्राप्त गर्नेछौ, तिमी विजयी हुनेछौ ।
८) जसले यो जान्दछ कि— ऊ ईश्वरसँग डराउनुपर्छ, सद्विचारपूर्वक काम गर्नुपर्छ तथा गलत कामबाट टाढा रहनुपर्छ । जसले यो जानीजानी मेरो विरुद्ध झुटो बोल्छ, उसलाई नर्कको अग्निमा स्थान मिल्नेछ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













