• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    आरनको भरमा लुहार दम्पतीको जीविका

    आरनको भरमा लुहार दम्पतीको जीविका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    आरनको भरमा लुहार दम्पतीको जीविका

    आरनको भरमा लुहार दम्पतीको जीविका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बारा–२ मा यस कारण संकटमा छन् उपेन्द्र यादव

by
३० चैत्र २०७९,
0
बारा–२ मा यस कारण संकटमा छन् उपेन्द्र यादव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा–२ मा उम्मेदवार भएका छन् । तर टुरिस्ट मात्र होइन, हरूवा उम्मेदवारको आरोपसहित बारा २ को चुनावी मैदानमा रहेका यादवका लागि सीके राउत निकै भारी पर्ने देखिएको छ । त्यसमाथि रवि लामिछानेको लहर थपिँदा यादवलाई संकट पर्न सक्छ ।

के के छन् त चुनौती ?

राउत सक्रीय

जनमत पार्टी ४ मंसिरको चुनावसँगै नयाँ शक्तिको रूपमा उदाएको छ । सीके राउतको व्यक्तिगत प्रभावका कारण मधेशमा जनमत लोकप्रिय बन्दैछ । त्यसमाथि मधेशमा बलियो शक्ति जनता समाजवादी पार्टी (जसपा) लाई काउन्टर गरेर आइरहेका कारण पनि उसको प्रभाव विस्तारित हुन थालेको हो । उपेन्द्र यादवलाई आफ्नो प्रतिस्पर्धी ठानेका राउतले सप्तरी–२ मा तिनै यादवलाई पराजित गरेपछि राउत बलियो देखिएका छन् । त्यो प्रभाव बारा–२ मा पनि देखिन सक्ने अनुमान गरिएको छ ।

गठबन्धनभित्रै असहयोग

यादवलाई उम्मेदवार बनाउन सत्ता गठबन्धन सहमत भएको छ । साझा उम्मेदवारको रूपमा यादव चुनावी अभियानमा सक्रिय छन् । तर, गठबन्धनमा रहेको माअ‍ोवादी, कांग्रेस मात्र होइन, एकीकृत समाजवादी पनि असहमत देखिएको छ । कांग्रेसले मधेश प्रदेशमा मुख्यमन्त्री दावी गरिरहेको छ । मधेश प्रदेशका सभापति कृष्ण यादवले पटकपटक उक्त कुरा सार्वजनिक गरिरहेका छन् ।

त्यसबाहेक, एकीकृत समाजवादी अहिले रुष्ट देखिएको छ । एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले यसअघि चुनावमा बारा ४ मा उम्मेदवार भएका एसका किसान श्रेष्ठलाई सहयोग गरेका थिए । अहिले किसान श्रेष्ठ तिनै पौडेलको पक्षमा लाग्ने बारामा चर्चा हुन थालेको छ । श्रेष्ठलाई मन्त्री नबनाएपछि अहिले गठबन्धनप्रति रुष्ट रहेका छन् । त्यो रुष्टतताको असर पनि यादवमाथि पर्न सक्ने अनुमान गरिएको हो ।

यादवविरुद्धको मत

बारा २ यादव समुदायको प्रभाव रहेको क्षेत्र हो । तुलनात्मक रूपमा यादवहरूको प्रभाव रहेको यो क्षेत्रमा रामसहाय यादवको बलियो प्रभाव पनि थियो । बाराकै यादवलाई उपेन्द्र यादवले विभिन्न अवसर प्रदान गरेका छन् ।

रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भए । सरोज यावदलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाएका छन् । अनि पार्टीको प्रदेश अध्यक्ष पनि बाराकै रामबाबु यादवलाई बनाएका छन् । त्यस कारण यादवविरुद्धको मत पनि यो क्षेत्रमा पोखिन सक्ने विश्लेषण भइरहेको छ ।

टुरिस्ट उम्मेदवार

उपेन्द्र यादव बारा–२ का लागि पर्यटक उम्मेदवार मात्र होइनन्, हरूवा उम्मेदावर पनि हुन् । मंसिरमा सप्तरी–२ मा पराजित भएका यादव अहिले चुनाव जित्नका लागि बारा २ मा आएपछि स्थानीय रुष्ट बन्न सक्छन् । टुरिस्ट उम्मेदवारको आरोप खेप्नुपर्नेछ ।

स्थानीय र अन्य उम्मेदवारले यो आरोप लगाउँदा यादवले जवाफ दिन सक्ने छैनन् । यद्यपि, यो क्षेत्रमा यादव नेताहरूलाई प्रशस्त अवसर दिएको सम्म चाहिँ बन्न सक्छन् । त्यसबाहेक यादव समुदायको नेता आफू भएको मनोविज्ञान उपेन्द्र यादवले सिर्जना गर्न सक्छन् । त्यसको प्रभाव पनि उनका लागि सकारात्मक पर्न सक्छ, जसले गर्दा टुरिष्ट उम्मेदवारको क्षतिपूर्ति गर्न सक्छन् ।

रविको लहर

सीके राउतको प्रभावजस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको लहर पनि निकै रहेको छ । त्यो लहर छोप्न रमेश खरेल काठमाडौं छोडेर बारा–२ मा उम्मेदवार हुन पुगेका छन् । पर्सामा प्रहरी प्रमुख भएर काम गरेको साइनो जोडेर खरेल बारा–२ मा उम्मेदवार हुन गएका हुन् । पुरानो प्रभावलाई पुनर्ताजगी गराए रवि लहर थपिँदा चुनाव जित्न सकिने आकलन खरेलको रहेको छ ।

Previous Post

पाकिस्तानबाट एके ४७ को कारतुस र नगद बोकेको ड्रोन खसाल्यौँ : भारतीय सेना

Next Post

स्वास्थ्य चौकी निर्माणको काम पूरा नहुँदा उपल्लो डोल्पामा स्वास्थ्य सेवा प्रवाहमा समस्या

सम्बन्धित खबर

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज
आवाज

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

२८ फाल्गुन २०८२,
विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै
आवाज

विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

२८ फाल्गुन २०८२,
शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
आवाज

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

२८ फाल्गुन २०८२,
आरनको भरमा लुहार दम्पतीको जीविका
आवाज

आरनको भरमा लुहार दम्पतीको जीविका

२८ फाल्गुन २०८२,
Load More
Next Post
स्वास्थ्य चौकी निर्माणको काम पूरा नहुँदा उपल्लो डोल्पामा स्वास्थ्य सेवा प्रवाहमा समस्या

स्वास्थ्य चौकी निर्माणको काम पूरा नहुँदा उपल्लो डोल्पामा स्वास्थ्य सेवा प्रवाहमा समस्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In