जनरल रोबर्ट एडवर्ट ली अमेरिकाको महानतम् सेनापतिहरुमध्ये एक हुन् । जब गृहयुद्ध निकट देखिइरहेको थियो, तब राष्ट्रपति अब्राहम लिंकनले लीसामु संघको सेनापति बन्ने प्रस्ताव राखे, तर लीले मानेनन् । केही समयपछि भर्जिनिया, संघबाट अलग भयो र लीले अमेरिकी सेनाबाट राजिनामा दिएर भर्जिनियाको सेनापति बने ।
एक वर्षसम्म उनी कन्फेन्डरेट राज्यहरुको राष्ट्रपति जेफरसन डेबिटको सैन्य सल्लाहकार बने । उनको सबैभन्दा ठूलो क्षमता यो थियो कि उनी विरोधिद्वारा उठाइने कदमहरुलाई जाँच्दथे, तिनीहरुको कमजोरीहरु बुझ्दथे र त्यसै हिसाबले आफ्नो रणनीति बनाउँदथे ।
एकपटक जब कन्फेडरेसीका राष्ट्रपति जेफरसन डेबिडले जनरल लीसँग एउटा अफिसरको बारेमा सल्लाह मागे, तब लीले उक्त अफिसरको किनै तारिफ गरे । नजिकैका एक अधिकारीले हैरान भएर भने, जनल, के तपाईंलाई थाहा छैन कि उक्त अफिसर तपाईंको बारेमा शत्रुतापूर्ण विचार राख्दछन् र तपाईंको नराम्रो गर्नलाई कुनै मौका छोड्दैनन् ? ली ले भने, म जान्दछु । तर राष्ट्रपतिले उसको बारेमा मेरो विचार सोधेका थिए, मेरो बारेमा उसको विचार सोधेका थिएनन् ।
उनी जान्दथे कि साँचो लिडरले कहिल्यै असफलताको बहाना बनाउँदैनन्, बरु जिम्मेवारी लिन्छन् । गोटिसवर्गको हारको लागि जनरल ली यदि बहाना बनाउन चाहन्थे, भने निकै धेरै बहानाहरु बनाउन सक्थे । उनका कैयौँ डिविजन कमान्डर्सले उनलाई धोका दिएका थिए । पैदल सेनाको समर्थनका लागि घोडसवा सेना समयमा आएका थिएनन् । तर जनरल ली यति महान थिए कि उनले कोही अरुलाई दोष दिएनन् । उनले भने, सबै गल्ती मेरो नै थियो । म र मात्र म नै यस हारको लागि जिम्मेवार छु ।
साभारः ‘सफलता’ पुस्तकबाट













