हरिबहादुरः कुनै सायरी सुनाउ न मुन्द्रे ।
मुन्द्रेः प्रेमीकाको अँगालोमा बस्दा गज्जबको जोस आयो ।
हरिबहादुरः वाह वाहः वाह वाह !
मुन्द्रेः प्रेमिकाको अँगालोमा बस्दा गज्जबको जोस आयो ।
हरिबहादुरः वाहः वाहः वाहः वाह अनि ….?
मुन्द्रेः त्यसपछि श्रीमतीले देखी अनि एकैपटक आईसियुमा होस आयो ।
हरिबहादुरः हाः हाः हाः हाः ।
सारो रोटी
डाक्टरः तपाईंका तीनवटै दाँत एकै पटक कसरी झरे ?
धुर्मुसः श्रीमतीले सारो रोटी पकाएकी थिई त्यही भएर
डाक्टरः अनि किन खाएको त ? खान्न भन्नुपथ्र्याे नि !
धुर्मुसः त्यही त भनेको थिएँ नि ….!
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













