• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

by
२९ चैत्र २०७९,
0
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन्।

यद्यपि केही भने विवाह पश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा पुगेका छन्। ‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

विवाह र त्यसपछि बच्चाका लागि सहज हुँदैन सार्वजनिक व्यक्तित्वलाई। अभिनेत्री प्रियंका कार्कीले कोरोना महामारीअगाडि विवाह गरिन्। लगत्तै लकडाउन भएपछि आफ्नो श्रीमान् आयुष्मान देशराज श्रेष्ठ जोशीसँग समयको उपयोगिताबारे सल्लाह गरेर बच्चाको योजना बनाइन्।

“योजना बनाउँदा पनि समय दिनुपर्ने हुन्छ। हामीले यो समय दिँदा सदुपयोगिता पनि हुन्छ भन्ने लागेर योजना बनायौँ। किनकि हामी हाम्रो सन्तानलाई समय अभाव नहोस् भन्ने चाहन्थ्यौं”, अभिनेत्री कार्कीले भनिन्।

पूर्वमिस नेपाल माल्भिका सुब्बाले गर्भवती भएदेखि मनोवैज्ञानिक अवस्थादेखि मानसिक स्वास्थ्यसम्मको भोगाइलाई साटिन्। “गर्भवतीको समयमा मैले बुझें अब म मात्र आत्मनिर्भर छैन। किनकि म अब हामी भइसकेको थिएँ। मैले गर्ने गतिविधि मेरो स्वास्थ्यसँगै मेरो बच्चासँग जोडिन्थ्यो”, उनले भनिन्।

नृत्य निर्देशक हुँदै चलचित्र निर्देशक बनेकी रेनशा बान्तवा राईले आमा बनेपछि पूर्ण महसुस गरिन्। ‘आमा नायिका स् जिम्मेवारी र करिअर’ विषयमा बोल्दै निर्देशक राईले भनिन्, “आमा भएपछि दायित्व बढ्नु स्वाभाविक नै हो। यद्यपि हामी नै खुसी हुन सकेनौँ भने हामीले बच्चालाई खुसी राख्न सक्दैनौं। काम गरिरहने हामी जस्ता महिलालाई काम र परिवारको दायित्व पाउँदा खुसी हुन्छौं। हामीले बच्चासँग बसे मात्र असल आमा भइन्छ भन्ने सोच त्याग्नु पर्छ।”

निर्देशक राईसँगै अभिनेत्री कार्की र पूर्वमिस नेपाल सुब्बाले गर्भवती भएपछि आमाको दायित्व पूरा गरिरहेको सन्दर्भसम्मको आफ्नो यात्राको विषयमा कुरा गरेका हुन्। बच्चा हुर्काउँदै गर्दा एउटी श्रीमतीले श्रीमान्, नातेदार, समाजबाट राख्ने अपेक्षाको विषयमा चर्चा भयो। अभिनेत्री कार्की बच्चा पाउने समयमा ९८ केजी थिइन्।

चलचित्रको पर्दामा देखिने अभिनेत्रीले आफैंलाई त्यो रूपमा देख्दा स्वीकार्न सकेकी थिइनन्। “म बच्चा पाएर अस्पतालबाट घर फर्किने बेलामा आफ्नो तौल मापन गरेकी छु। ९४ केजी हुँदा आफैंले विश्वास गर्न सकिरहेकी थिइन्। त्यसपछि बच्चा हेर्ने आउनेले दिने प्रतिक्रियाले पनि मलाई मानसिकरूपमा केही हदसम्म असर गरेको थियो। हाम्रो शारीरिक अवस्थालाई लिएर दिइने प्रतिक्रियाले असर पनि गर्छ”, अभिनेत्री कार्कीले भनिन्।

अभिनय वा विभिन्न कामको सिलसिलामा बाहिर जानु पर्दा सहज त हुँदैन। यद्यपि कामभन्दा पनि सामाजिकरूपमा आउने प्रतिक्रियाले बढी असर गरेको अनुभव उनको छ।

पूर्वमिस नेपाल सुब्बाले पनि त्यस्ता प्रतिक्रियाले आमाको मनोबल घटाउने बताइन्। “म एउटा डरलाग्दो अवस्थालाई पार गरेर काममा फर्किएकी थिएँ। किनकी हामीले घर पनि त चलाउनै पर्‍यो। त्यो अवस्थामा आफ्नै सहकर्मीमार्फत पनि बच्चालाई छाडेर कसरी काममा आउन सकेको जस्तो प्रतिक्रिया पाएकी छु। त्यस्ता कुराले सुरूआती समयमा असर गर्ने गरेको थियो”, उनले भनिन्।

निर्देशक राईले बच्चा हुर्काउने जिम्मेवारी आमा झैँ बुबाको पनि उत्तिकै रहेको बताइन्। “कहिलेकाहीँ बुबाले बच्चाको कपडा बदलिरहेको छ। उसलाई फकाइरहेको छ र आफन्त आएका छन् भने आमालाई भाग्यमानी भन्छन्। बच्चा हुर्काउने दायित्व आमा झैं बुबाको हो भन्ने किन बुझ्दैनन्रु हाम्रो यो अवस्था छ भने जहाँ महिला काम गर्दैनन् त्यहाँ के होलारु हामीले यससम्बन्धी सोचमा बदलाव ल्याउनु जरुरी छ”, उनको कथन थियो।

पूर्वमिस नेपाल सुब्बालाई आमा बन्ने आवश्यकता महिलाभन्दा पनि बढी समाज र नातेदारले बनाएको दायरा जस्तो लाग्छ। उनी अध्ययनका क्रममा देखाइने पूर्ण परिवारको चित्रमा बुबा, आमा, छोरा र छोरीको चित्रसँग सहमत छैनन्।

“सन्तान जन्मियो भन्दैमा विशेष हुने र पूर्ण हुने भनाइमा म सहमत छैन”, उनले भनिन्। एकल आमाको रूपमा छोरालाई हुर्काइरहनु भएकी पूर्वमिस नेपाल सुब्बाले समाजमा बलियो बन्न सिकाइरेकी छन्।

अभिनेत्री कार्की अहिले चलचित्रसँगै टेलिभिजन कार्यक्रममा व्यस्त छिन्। उनलाई आमा भएपछि काममा फर्किने प्रेरणा आफ्नै आमामार्फत प्राप्त भएको थियो। काम गर्ने सिलसिलामा महिला सहभागिता न्यून रहेको चर्चा पनि हुने गर्छ। उनले देखाउनकै लागि महिलालाई समूहमा सामेल गर्न नहुने बताइन्।

“मैले शृङ्खला निर्देशन गरें। महिला राख्दिम् न भनेर राखेर काम राम्रो हुँदैन। उहाँ त्योसम्बन्धी विज्ञ हो कि होइनरु काम गर्न सहज हुनुहुन्छ कि हुँदैनरु उहाँ कत्तिको सुरक्षित हुनुहुन्छरु लगायतका तथ्यलाई सोच्नु पर्छ”, अभिनेत्री कार्कीले भनिन्, “महिला कम छ भन्ने भन्दा पनि विज्ञ छन् भन्ने आवाज बन्नु जरुरी छ। त्यहाँ कोटा र दयाभावभन्दा पनि प्रतिभा नै चाहिन्छ।”

निर्देशक राईले आफ्नो चलचित्रको नाम नै परिवर्तन गरिन्। आइएम ट्वान्टी वानलाई ‘ज्याकी स् आइएम ट्वान्टी वान’ बनाएपछि पुरुष पात्रको नाममा शीर्षक किन बनाएको भन्ने प्रश्न पनि उदाए।

“मेरो दोस्रो चलचित्रमा आइपुग्दा म बजारमार्फत पनि निर्देशित छु। बजारले चाहिरहेको चलचित्र बनाएर आफूलाई चिनाउनुसँगै प्रमाणित गर्नुपर्ने दायित्व छ। त्यसैले मैले पुरुष पात्रको ज्याकीलाई शीर्षक बनाउँदा महिला पात्रको रुबीलाई बनाउन सकिनँ”, निर्देशक राईले भनिन्, “म स्थापित भएपछि वा मैले विश्वास पाएपछि म आफ्नो किसिमको चलचित्रमार्फत मेरो सोचलाई व्यक्त गर्न सक्छु। अहिले म बजारभन्दा बाहिर गए भने बाहिर नै हुन्छु।”

निर्देशक राई जुम्ल्याहा सन्तान एक छोरा र एक छोरीकी आमा हुन् भने अभिनेत्री कार्कीले एक छोरीलाई जन्म दिएकी छन्। पूर्वमिस नेपाल सुब्बाको सात वर्षीय छोरा छन्। उनीहरू तीनैजना आफ्नो क्षेत्रको काममा सक्रिय छन्।

Previous Post

उपेन्द्रको तिकडम चल्ला त यसपटक बारामा ?

Next Post

महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ

सम्बन्धित खबर

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
समाचार

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

६ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

६ चैत्र २०८२,
खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल
समाचार

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

६ चैत्र २०८२,
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

६ चैत्र २०८२,
Load More
Next Post
महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ

महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In