• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रामपुरका महिला चिप्स उत्पादन गर्दै

by
२९ चैत्र २०७९,
0
रामपुरका महिला चिप्स उत्पादन गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् । साँभ–बिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै आम्दानीको स्रोत जुटाउन महिलाको अग्रसरता बढ्दो छ ।

रामपुर नगरपालिकाका महिलाहरु हिजोआज आयमूलक क्षेत्रमा सक्रिय हुँदै गएका छन् । यहाँका महिलाहरु आलु चिप्स बनाउने र बजारमा बिक्री गर्न व्यस्त बनेका छन् । रामपुर नगरपालिका–६ मा विजयपुर चिप्स उत्पादन लघुउद्यम व्यवसाय समूहमार्फत आलु चिप्स उत्पादन भइरहेको छ ।

बिमलादेवी ढकाल, गीता अधिकारी, बिमला गैरे, देवी अधिकारी, निर्मला पोखरेल, सरिता पोखरेलले समूहमा मिलेर चिप्स तयार पारिरहेका छन। अहिले नयाँ आलु उत्पादन लिएपछि आलु चिप्स बनाउन भ्याइनभ्याइ रहेको समूहका अध्यक्ष बिमलादेवी ढकाल बताईन । “सीप जानेपछि महिलाकै सक्रियतामा व्यावसायिक रुपमा उद्योग थालिएको छ, यो क्षेत्रमा नयाँ व्यवसाय भएकाले सबैले हौसला दिएका छन , चिप्सले बजार पाएको छ”, उनले भनिन ।

व्यावसायिक चिप्स उत्पादन गर्ने उद्योग रहेकाले यहाँ चिप्स उत्पादन प्रविधि अवलोकन गर्न तथा प्रविधि सिक्न, खरिद गर्न जाने गर्दछन् । यसले महिलाहरुमा व्यवसायमा उत्साह थपिएको छ । समूहले गत भदौदेखि चिप्स बनाउन थालेको हो । अहिलेसम्म छ क्विन्टलभन्दा बढी चिप्स तयार भएको छ ।

समूहमा महिलाहरु मिलेर काम गरेपछि दिन बितेको पत्तो नभएको बताईन देवी अधिकारी । उनी भन्छिन , “बिहान–साँझ घरकै कामले व्यस्त भइन्छ, दिउँसो खाली समय चिप्स बनाउन थालेपछि धेरै सदुपयोग भएको छ, हामीजस्ता गृहिणी महिलाका लागि यो व्यवसाय राम्रो रहेछ, प्रशस्त जग्गा छन्, आलु फलाएर चिप्स बनाएर बिक्री गरियो भने अरूको निर्भर रहनु परेन ।”

उत्पादन स्थानीय बजारमा अहिले खपत भइरहेको छ । स्थानीयमा बजार राम्रो लिएको हुँदा धेरै सहज भएको छ । उत्पादन बढाएर रामपुर बजार मात्र नभई अन्यत्र बजारमा पठाउने तयारी भइरहेको निर्मला पोखरेलले बताईन । अन्य बजारमा उत्पादन भएको चिप्सको तुलनामा यहाँको चिप्स स्वास्थ्यका लागि हित गर्ने, दैनिकजसो उत्पादन हुने हुँदा उपभोक्ताले ताजा चिप्स उपभोग गर्न पाइरहेको गीता अधिकारी बताईन ।

दुई वर्षअघि यहाँका महिलाले रामपुर नगरपालिकामार्फत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीपमूलक तालिम पाएपछि व्यावसायिक उत्पादन सुरु गरेका हुन् । ग्राहकको चाहनालाई दृष्टिगत गर्दै प्रति प्याकेट (साइजअनुसार) रु २०, ३०, ४० र ५० मा धमाधम बिक्री भइरहेको छ ।

व्यावसायिक उत्पादनका लागि चिप्सबाट धेरै फाइदा लिन सकिने विमला गैरेले बताईन । अहिलेलाई रामपुरका विभिन्न बजारका पसलका व्यापारीसँग समन्वय गरेर बिक्री भइरहेको छ । रामपुर क्षेत्रमा हुने विभिन्न कार्यक्रममा साथमा लिएर महिलाहरुले चिप्स बिक्री गर्छन् । चिप्स बनाउन नगरपालिकाले आलुको बोक्रा फाल्ने, काट्ने, सुकाउने, जमाउने मेसिनलगायत विभिन्न सामग्री सहयोग गरेको छ । नयाँ व्यवसाय भएकाले धेरैबाट प्राप्त साथ, सहयोग र हौसलाले महिलाहरु उत्साहित छन् ।

हावा भर्ने मेसिन, मिक्चर, रङ्गीन प्लास्टिक अति आवश्यक रहेको हुँदा स्थानीय सरकार या विभिन्न निकायसँग सहयोगको अपेक्षा महिला समूहले लिएको छ । महिलाले घरमै आफैँले उत्पादन गरेको आलुबाट चिप्स बनाइरहेका छन् । घरकै उत्पादन भएकाले पनि लगानी धेरै गर्नु परेको छैन । अहिलेसम्मको आम्दानी समूहले केही व्यवसायमा लगानी गरेको छ भने केही बचतसमेत गरेको जनाएको छ ।

कृषिजन्य उत्पादनलाई वडाले प्राथमिकता दिँदै आलु पकेट क्षेत्रका रुपमा रामपुर नगरपालिका–६ लाई आलु पकेट क्षेत्रका रुपमा विकास गर्दै गएपछि महिलाले व्यावसायिक चिप्स उत्पादनमा आकर्षित भएको वडाध्यक्ष दिवाकर देवकोटा बताए।

समूहभित्रका महिलाबाट उत्पादित ३० क्विन्टल आलुको चिप्स तयार हुन बाँकी नै छ । रामपुर क्षेत्रमा आलुको उत्पादन राम्रो हुने भएकाले पनि आलु खरिदमा समस्या छैन । प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत नगरपालिकाभित्रका १० वटै वडामा फरक फरक खालको सीपमूलक तालिम सञ्चालन गरिएको बताए । तालिमपश्चात् महिलाले व्यावसायिक रुपमा काम सुरु गरिरहेका र अब पुनर्ताजगी तालिम दिने तथा प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनी बताए ।

रामपुरमा उत्पादन भएका सामग्री बिक्री वितरणको व्यवस्थापनका लागि बजार नजिकै एउटा कोसेलीघर तयार पारेर एकै ठाउँबाट बिक्री वितरण गर्ने व्यवस्था गर्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताए । “तालिम लिइसकेपछि महिलाले उत्साहजनक रुपमा काम गरिरहेका छन ”, उनले भने , “महिलालाई आयआर्जनको क्षेत्रमा हौसला बढाउने र उत्पादित सामग्रीको बजारीकरणको कार्य नगर सरकारले सहयोग गर्नेछ, यहाँ उत्पादन भएका वस्तु पोखरामा खुलेको पाल्पा हाउसमा लगेर बिक्रीका लागि प्रक्रिया भइरहेको छ ।” रामपुरको उत्पादनले बजार थेग्न सकिन्छ । स्थानीय उत्पादनलाई रामपुर नगरपालिकाले बजारीकरणको प्रबन्ध गरिदिने भएको छ ।

Previous Post

अफगानिस्तान २०२३ मा सबैभन्दा धेरै अपराध हुने देशको सूचीमा चौथो स्थानमा

Next Post

कोरोनाबाट १ जनाको मृत्यु, १२१ मा संक्रमण

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
चीन र भारतमा कोरोना संक्रमण बढ्दो, नेपालमा भने पूर्वतयारी नै छैन

कोरोनाबाट १ जनाको मृत्यु, १२१ मा संक्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In