काठमाडौं:‘जलवायु परिवर्तन सम्बन्धी सचेतनातथापर्यावरण प्रवर्धनप्रतिदायित्वबोध’मुख्य नाराका साथनबिल बैंकले नयाँवर्ष २०८० सालको नयाँक्यालेन्डर सार्वजनिक गरेको छ । बैंककाप्रमुखकार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाका साथवरिष्ठ नायबप्रमुखकार्यकारी अधिकृत सुजितकुमार शाक्यलगायतनायबप्रमुखकार्यकारी अधिकृत द्वयविनयकुमार रेग्मीतथाभूपेन्द्र पाण्डेले भित्ते पात्रो र टेबल क्यालेन्डर सार्वजनिक गरेका हुन्।
नबिलक्यालेन्डरमा नेपालीबाह्र महिनाको मौसम तथाप्राकृतिक सौन्दर्यलाई दर्साउने फोटोहरू राखिएको छ भने संवर्धनको लागिआह्वानगरिएको छ ।
ढकमक्क फुलेका लालीगुराँसकामनोरम दृश्य, स्वतन्त्र उड्ने चराचुरुङ्गीहरूदेखि सुन्दर हिमालहरू, लोपोन्मुखहिमचितुवाकाफोटोहरूप्रयोग गरिएको छ । बैंकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीयविकास केन्द्र (इसिमोड) सँग तस्बिरहरूको लागि सहकार्य गरेको थियो ।
क्यालेन्डरमाजलवायु परिवर्तन सम्बन्धी सचेतना राखिनुको विषयमाप्रकाशपार्दै नबिल बैंककाअध्यक्षउपेन्द्रप्रसाद पौड्यालले भने, ‘जलवायु परिवर्तनलाई बैंकिङलगायत सबै क्षेत्रबाट गम्भीरतापूर्वक ध्यानपुर्याउन जरुरी छ।’ उनले थपे, ‘जलवायु क्षेत्रमाउपयुक्तलगानी गरी यस संसारलाई सबैको लागिबाच्न योग्यबनाउनु नै अहिलेको प्रमुखआवश्यकताहो । ’
नबिल बैंकको यस कदमले सम्पूर्ण बैंककाकर्मचारी, सरोकारवाला, ग्राहकवर्ग, सञ्चालक समितिलगायत सम्पूर्ण जनतामाजलवायु परिवर्तन सम्बन्धी सचेतना फैलाउन र जीवनशैलीमा स–साना परिवर्तन गर्न अभिप्रेरित गर्ने सिइओ ढुंगानाको भनाइ छ।
नबिलले दिगो बैंकिङको अवधारणालाई आत्मासाथ गरी आएको र वातावरण प्रति सदैव जिम्मेवार रहेको उनले बताए। नयाँवर्षको सुरुवातसँगै भित्तेपात्रो देशै भरका आफ्ना शाखाहरूबाट कर्मचारी, ग्राहक, सरोकारवाला सबैमापुर्याउने योजना बैंकको छ।
बैंकले केहीतस्बिरहरूको सौजन्यकालागिअन्तर्राष्ट्रिय एकीकृत पर्वतीयविकास केन्द्र (इसिमोड) प्रति बैंक आभारी रहेको सिइओ ढुंगानाले बताए । नबिलले हालसालै हरित गृह ग्यास विसर्जन सम्बन्धी रिपोर्ट पनि सार्वजनिक गरेको थियो ।













