(आँखा दुखेर हेर्न नमिलेको बेलामा बेसारमा कपडा रंगाएर आँखा छोप्ने । हावा घाममा नहेर्ने र निम्न औषधी गर्ने ।)
आमाको दूध आँखामा हाल्ने ।
आँखाबाट पानी आउने भए हर्राे घोटेर आँखामा लेप गर्ने । जाडोयाममा तताएर लेप गर्ने ।
अनारको पात पिसेर आँखाको ढकनीमा लेप गर्ने ।
बच्चाको आँखा दुख्दा बायाँ आँखा दुखेको भए दाहिने कानमा र दाहिने आँखा दुख्दा बायाँ कानमा निमको पातको रस २–३ थोपा राखिदिने ।
त्रिफलाको धुलो साँझ भिजाउने र बिहान कपडाले छानेर त्यही पानीले आँखा धुने । १–२ थोपा आँखामा परे नराम्रो हुन्न ।
आफ्नो पिसाबले वा पाँच वर्ष मुनीको बच्चाको पिसाबले धुने ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट













