एउटा गधाले भगवान्को तपस्या ग¥यो । भगवान् खुसी प्रकट भएर सोधे —
म तिम्रो तपस्याबाट प्रसन्न भएँ, भन के बरदान माग्छौ ?
गधाः मलाई अर्काे जुनिमा पनि गधा नै बनाइदिनुस् ।
भगवान्ः लगातार दुई चोटिसम्म गधा बनाउन मिल्दैन ।
गधाः त्यसो भए अर्काे जन्ममा मलाई कसैको श्रीमान बनाइदिनुहोस् न ।
भगवान्ः धेरै बाठो नबन अघि नै भनेको होइन दुई जुनिसम्म लगातार गधा बन्न पाइँदैन भनेर ।
जम्मा ३ भोट
चुनावमा उठेको हरिबहादुरले जम्मा तीन भोट पाएपछि सिधै प्रहारीकोमा गएर
हरिबहादुरः सर मलाई असुरक्षाको महसुस भयो । सुरक्षाकर्मी उपलब्ध गराइदिनप¥यो ।
प्रहरीः तपाईं त जम्मा तीन भोट ल्याएको उमेदवार होइन ? किन चाहियो तपाईंलाई सुरक्षाकर्मी ?
हरिबहादुरः मेरा यति धेरै विरोधी रहेछन् । त्यही भएर ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













