१) धार्मिक अथवा आध्यात्मिक अहङ्कार — ‘म ध्यानी हुँ, ज्ञानी हुँ, तपस्वी हुँ, योगी हुँ, ब्रह्मचारी हुँ,’ यही धार्मिक अथवा आध्यात्मिक अहङ्कार हो । यो अहङ्कारले साधकलाई तल खसाल्दछ । गुरु साहबले स्पष्ट भनेका छन्— लाखौँहित, लाखौँ पुण्यकर्म, तीर्थमा लाखौँ तप, जंगलमा योगीको सहज योग इत्यादि काम यदि अहङ्कारपूर्वक गरिन्छन् तब तिनलाई पाखण्ड सम्झिनुपर्दछ ।
२) कर्मकाण्ड र भेष सम्बन्धी अहङ्कार— धेरै जसो साधक यिनैको बलमा संसारमा प्रसिद्धि चाहन्छन्, तर तिनलाई आन्तरिक शान्ति हुँदैन । गुरु साहेबले यस्तो वेशादिक अहङ्कारको विस्तारपूर्वक विवेचना गरेका छन् । उनी भन्दछन्— गेरुवा वस्त्र, तीर्थ–भ्रमण, विभूति–धारण, धूनी ताप्ने, कपाल मुडाने वा कमंडलु धारण गर्नाले मात्र कोही योगी बन्दैन ।’
३) विद्यागत अहङ्कार— विद्यागत अहङ्कार आध्यात्मिक प्रगतिमा ठूलो बाधक हो । यदि पढिकन दिमाग भरियोस्, अध्ययनमा नै सबै वर्ण, सबै मास, सबै आयु वा सबै श्वास खर्च गरियून् तैपनि नानकको हिसाबले यो कुरा ठीक हो कि अध्ययनसम्बन्धी सबै अहङ्कार टाउको खाने तत्व बाहेक केही होइनन् ।
४) जाति सम्बन्धी अहङ्कार— म ब्राह्मण हुँ, क्षेत्रीय हुँ, ठूलो कुलको हुँ— यस्तो अहङ्काले मानव बीचमा खाडल बनाउँछ । यस्तो खाडल शताब्दीयौँसम्म पुर्न सकिँदैन । जीव मात्रमा परमात्माको ज्योति सम्झ । जातिका सम्बन्धमा प्रश्न नगर, किनकि पहिले कुनै पनि प्रकारको जाति थिएनन् ।
५) धन–सम्पत्तिको अहङ्कार — ‘धन सम्पत्तिसम्बन्धी अहङ्कारले मानिसलाई एकदमसँग वैभवको अन्धो बनाउँछ । धनसम्बन्धी अहङ्कारको वशीभूत भएर मानिस राक्षसी कर्म गर्न थाल्छ । उसका अगाडि सम्पत्तिको अतिरिक्त अरु कुनै आदर्श बाँकी रहन्न । उसलाई सधैँ–साहेब, सरदार, मालिक, राजा, बादशाह आदि मनाउने वासनाले सताउँछ । यस्ता अहङ्कारीको दुर्दशा ठीक त्यस्तै हुन्छ जस्तो जङ्गलमा डढेलो लागेपछि रुख विरुवाको हुन्छ ।
६) रुप–यौवन सम्बन्धी अहङ्का — यो अहङ्कार लगभग हरेक मानिसमा देख्न पाइन्छ । धनी होस् वा दरीद्र— यो सबैमा समान रुपले व्याप्त छ । गरिब भन्दा गरिब र कुरुप भन्दा कुरुप पनि आफ्नो रुप र यौवनमा गर्व गर्दछ ।
७) परिवार सम्बन्धी अहङ्कार— गुरु साहेब भन्दछन् कि परिवार सम्बन्धी अहङ्कार प्रबल मोहको कारण हो । जो सांसारिक व्यक्ति भाइ, बहिनी, भाउजू, सासू, फुपू, मामा आदि हुनाको अहङ्कामा डुबिरहन्छ, त्यो साँचो मूर्ख हो । यस्तो सम्झिनुपर्छ कि संसारको कुनै पनि नाताले अन्त्यकालमा हाम्रो सहायता गर्न सक्दैन ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













