• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पुल बनेपछि मकैखोला र गोर्जेवासीले पाए सुविधा

by
२५ चैत्र २०७९,
0
पुल बनेपछि मकैखोला र गोर्जेवासीले पाए सुविधा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्कीको मादी गाउँपालिका घुम्ले निवासी ६७ वर्षीय दुधबहादुर गुरुङलाई वाल्यकालमा दाउरा–घाँस गर्दा खोला वारपार गर्न बाँसको फड्के तरेको स्मरणमा अझै पनि ताजै छ । फड्के हुँदै झोलुङ्गे पुल तर्ने दिन पनि सकिएका छन् अब गुरुङका । उहाँलाई अब वार्दी खोला वारपार गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पूर्वाधार विकास कार्यक्रम अन्तरगत वार्दी खोलामा चार करोड ३९ लाख रुपैयाँको लागतमा मोटरेवल पुल बनेपछि उहाँ यतिबेला खुसी हुनुहुन्छ ।

नजिकैको घुम्ले बजारको मादी नदीमा पुल निर्माणकै क्रममा कामै नसकी केही ठेकेदार भागेको र पुल निर्माण सम्पन्न हुन वर्षौ लागेको घटना पनि उहाँसँगै ताजै छ । गुरुङलाई वार्दी खोलाको पुल पनि एक–डेढ वर्षमै निर्माण सम्पन्न हुन्छ भन्ने विश्वासै थिएन, तर पुल डेढ वर्षभित्र नै निर्माण सम्पन्न भएको छ ।

‘मादी नदी, वार्दी खोला लगायत यहाँका साना ठाँडा खोलाहरुमा पुल नहुँदा पोखरा बजार जाँदा होस् वा अन्य गाउँमा जाँदा खोला तर्ने समस्या सँधै भोग्नु परेको थियो, गुरुङले भन्नुभयो– अब पक्की पुलहरु निर्माण भएपछि खोला तर्न र यातायातका साधनमा हिड्डुल गर्न कुनै समस्या रहेन ।’

गुरुङ जस्तै वार्दी खोला निवासी अमृत भुजेल पनि वार्दी खोलामा पक्की पुल बनेपछि धेरै कुरा सजिलो भएको बताउनुहुन्छ । ‘पुल र सडक नहुँदा पोखरा जानका लागि एक दिनको बाटो हिडेर जानुपर्ने अवस्था थियो अव डेढ घण्टामै पोखरा बजार पुगिन्छ, भुजेलले भन्न्ुभयो–अरु बेल भन्दा पनि वर्षादको समयमा खोलामा वाढी आँउदा तर्न नसक्ने अवस्था थियो ।’ पुल नहुँदा विद्यालय जाने वालवालिकाले समेत वर्षादको समयमा समस्या भोग्नुपर्ने थियो त्यो समस्या पनि पुल निर्माणसँगै समाधान भएको छ ।
तोकिएकै समयमा निर्माण सम्पन्न भएको उक्त वार्दी खोलाको मोटरेवल पुलको शनिबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको छ । पुलको उद्घाटन गर्दै मुख्यमन्त्री अत्रिकारीले वार्दी खोलामा मोटरेवल पुल निर्माण हुँदा कास्कीका मादी मत्र नभएर लमजुङका केही गाउँलाई समेत आवतजावतमा सजिलो भएको वताउनुभयो ।

गण्डकी प्रदेश सरकारका कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले मादी र वार्दी खोलामा मोटरेवल पुल निर्माण हुँदा यस क्षेबा मकैखोला, सैमराङ, मिजुरेडाँडा, लमजुङको पसगाउँ, भुजुङ, करापुटार, गिलुङका मानिसलाई समेत सजिलो भएको बताउनुभयो ।

प्रदेश सरकारको अनुभूति अब गाउँका जनताले गर्न सकेको बताउँदै मन्त्री गुरुङले अहिले संघीय सरकारमाथि सबैक्षेत्रबाट भएको आक्रमणलाई चिरेर दलहरु अगाडि वढ्नपर्नेमा मनत्री गुरुङको जोड थियो ।

मादी गाउँपालिकाका अध्यक्ष देवीजंङ गुरुङले मादी गाउँपालिकाको भूगोल सिक्लेसदेखि मिजुरेडाँडासम्म जोड्न सडक संजाल विस्तारमा आफू लागेको बताउनुभयो । कास्कीका अन्य गाउँपालिकाको तुलनामा मादी विकास क्षेत्रमा पछाडि परेको बताउँदै मादीको विकासमा सक्रियता देखाउँने अध्यक्ष गुरुङले प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।

मिजुरेडाँडा निवासी मिनबहादुर गुरुङले सयौ वर्षादेखिको सपना पक्की पुल निर्माणले पुरा गरेको बताउँदै अब यहाँका जनतालाई स्वास्थ्य, शिक्षा र रोजगारीका अवसर सृजना गर्न तर्फ लाग्नु पर्नेमा जोड दिनुभयो । संघीय लोकतन्त्रपछि विकास निर्माणले फड्को मारेको भनाइ गुरुङको थियो ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सचिव तुल्सीराम भट्टराईले उक्त पुल राष्ट्रिय गौरवको योजना पध्यपहाडी राजर्मामा नै पर्न गएको बताउनुभयो । ३२ मिटर लम्वाई, ११ मिटर चौडाई भएको दुई लेनको उत्त: पुल निर्माण तोकिएकै समयमा सम्पन्न भएको जानकारी दिनुभयो ।

Previous Post

उपलब्धिमूलक र प्रभावकारी बन्दै भूतपूर्व सैनिक सम्मेलन

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
आवाज

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

१३ चैत्र २०८२,
खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
आवाज

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In