• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

उपलब्धिमूलक र प्रभावकारी बन्दै भूतपूर्व सैनिक सम्मेलन

by
२५ चैत्र २०७९,
0
उपलब्धिमूलक र प्रभावकारी बन्दै भूतपूर्व सैनिक सम्मेलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समर्पण र भरोषा’ भन्ने मूल नाराका साथ यस वर्ष तीन पृतना मातहत छ स्थानमा आयोजना गरिएको भूपूसैनिक सम्मेलनको मैजारो भएको छ ।

गत फागुन १५ गते रुपन्देहीबाट थालिएको सम्मेलन दाङ, पोखरा, खैरेनीटार, बर्दिवास हुँदै चैत २१ गते रामेछापको मन्थलीमा सकिएको हो ।

मध्यपश्चिम, पश्चिम र मध्यपूर्र्वी पृतना मातहतका ३५ जिल्लाका भूतपूर्व सैनिकलाई लक्षित सम्मेलन भेटघाट, सेवाप्रवाह र सुझाव सङ्कलनका हिसाबले उपलब्धिमूलक रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

जीवनको महत्वपूर्ण क्षण सैनिक सङ्गठनमा बिताएका भूपूसैनिकको आर्थिक तथा सामाजिक जीवन सुखद बनाएर समाजमा मर्यादित, अनुशासित र सशक्त बनाउन सेनाले स्वास्थ्य, शिक्षा, सीप, स्वरोजगार, सेवा एवं सहुलीयतसहित स्वावलम्बनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रत्येक सेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा प्रादेशिक रुपमा कम्तीमा एकपटक भूपूसैनिक सम्मेलन गर्ने चलन छ । अघिल्लो वर्ष सुदूरपश्चिम र मध्यश्चिम क्षेत्रका १९ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि यस्तो कार्यक्रम गरिएको थियो । सम्मेलनको मुख्य उद्देश्य भनेको हिताधिकारीलाई कल्याणकारी कार्यको जानकारी, चाहना पहिचान, सङ्गठन प्रमुखले अन्तरक्रिया गरी राय सुझाव सङ्कलन गर्ने, पीर मर्का सुन्ने, शिविरमार्फत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने तथा सेनाप्रति विश्वास र भरोसा दिलाउने नै हो । आगामी वर्ष पूर्वी पृतना र उपत्यका पृतना मातहतका जिल्लालाई लक्षित गरी यस्तो सम्मेलन हुनेछ ।

सम्मेलनका क्रममा प्रधानसेनापति शर्माले गौरवशाली इतिहास र विशिष्ट परम्परा बोकेको सैनिक सङ्गठनमा भूपूसैनिकले पुर्याएको योगदानको उच्च कदर गर्दै हिताधिकारीको आयआर्जनका लागि नयाँ–नयाँ क्षेत्रको पहिचान गरी सम्बोधन गर्ने प्रयास भइरहेको बताए । उनले भने, “राष्ट्र सेवा र जनताको सुख–दुःखमा साथ रहनु सेनाको मूलमन्त्र हो, सेना बलियो हुनु भनेकोे राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित तथा राष्ट्रिय स्वार्थको संरक्षण र सम्बोधन अझ प्रभावकारी हुनु हो ।” प्रधानसेनापति शर्माले लामो सैनिक जीवनको दौरान प्राप्त ज्ञान र सीपलाई आफू बसोबास गरिरहेको स्थानमा प्रयोग गर्दै सदैव राष्ट्रको हितका साथै जनताको सेवामा समर्पित रही अनुशासित नागरिकको रुपमा प्रस्तुत हुन सुझाव दिए।

कोषका प्रमुख कार्यकारी अधिकृत पूर्वरथी गौरव तण्डुलले वहालवाला तथा अवकाश प्राप्त सैनिक र परिवारजनको वृहत्तरहितका खातिर सङ्गठन सदैव दत्तचित्त र चिन्तनशील रही सञ्चालन गरिएका कल्याणकारीका नवीनतम कार्यक्रम उच्चस्तरीय र प्रसंशनीय रहेको दाबी गरे ।

भूतपूर्व सैनिकको जीवनलाई केही हदसम्म सरल, सहज र सुखी बनाउन सेना प्रयत्नशील रहेकाले सैनिक कल्याणकारी कोषको रकम पारदर्शी रुपमा सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियतमार्फत सम्पूर्ण हिताधिकारीलाई सुविधा उपलब्ध गराउँदै आएको सम्मेलनका क्रममा जानकारी गराइयो । कोषले हिताधिकारीको जीवनस्तर उकास्न नेपाल मेगा इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा विसं २०७२(७३ बाट सुरु गरेको लघुवित्त तथा स्वरोजगारका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट ३२ हजार सात सय ७३ लाभान्वित भइसकेका छन् । उक्त कार्यक्रममा हालसम्म रु सात अर्ब १८ करोड ३६ लाख ९९ हजार कर्जा प्रवाह भइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले जानकारी दिए ।

सेनाले हिताधिकारी लक्षित व्यावसायिक कृषि तथा पशुपंक्षी तथा महिला उद्यमशीलता कर्जा कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । पछिल्ला वर्ष भूपू तथा पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलाको सम्मानका लागि विभिन्न विधामा उत्कृष्ट ठहरिएका व्यक्तिलाई सेनाले स्थापना दिवसको अवसरमा नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्दै आएको छ ।

सम्मेलनमा प्रादेशिक रुपमा ज्येष्ठ भूपू र एकल महिला तथा चार वा सोभन्दा धेरै सन्तान सेनामा भर्ना गर्न प्रोत्साहन गर्ने मातापितालाई सम्मानका साथै शारीरिक असक्तलाई वैशाखी र ह्वील चेयर प्रदान गरिदै आएको छ । लामो समयपछि हुने भेटघाट, सद्भाव र मेलमिलापले सम्मेलनको आवश्यकता र ओज बढाएको छ ।

जीवनको ऊर्जाशील समय सैनिक सेवामा विताएका ठूलो सङ्ख्यामा रहेका भूपू सैनिकले सम्मेलनलाई सहकर्मीबीच भेटघाट, सुख–दुःख साटासाट र सङ्गठनको नेतृत्वसँग गुनासो व्यक्त गर्ने महत्वपूर्ण अवसरका रुपमा लिने गरेको पाइन्छ । सम्मेलनलाई हिताधिकारीको सेवा सुविधा विस्तार र घोषणा गरिएका कार्यक्रमको समीक्षा गर्ने अवसरका रुपमा सेनाले लिने गरेको छ । हाल मुलुकभर भूपूसैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलासमेतको सङ्ख्या ९७ हजार पाँच सय १५ रहेको छ ।

यस वर्षको सम्मेलनमा १७ हजार छ सय ५९ भूपूसैनिक तथा आश्रित एवं एकल महिला दुई हजार पाँच सय ४१ जनाको सहभागिता रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कल्याणकारी कोषमार्फत सेनाले आफ्नो दायित्वभित्र परेका १० लाखको सङ्ख्यामा रहेका हिताधिकारीलाई विभिन्न सेवा र सुविधा प्रदान गर्दै आएको छ ।

सम्मेलनका क्रममा भूपूसैनिकद्वारा प्रस्तुत हुने जोशिलो परेडले सङ्गठनको ओज बढाउने मात्र नभई प्रदेश र जिल्लाको पहिचानका रुपमा रहेका बाजागाजा, वेषभूषा तथा झाँकीसहितको गीत सङ्गीत र नृत्यले लोक संस्कृतिको संरक्षण, विकास र विस्तारमा योगदान पुगेको छ ।

विगतमा काठमाडौँमा मात्र केन्द्रित स्वास्थ्य सेवा भूपूसैनिकको माग सम्बोधन गर्ने क्रममा सेनाले प्रदेशस्तरमै गुणस्तरीय सेवा पु¥याउन इटहरी, पोखरा, बर्दिवास, बुटवल, धनगढी, नेपालगञ्ज र बोराडाँडीमा अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । सम्मेलनका क्रममा विगतमा प्राप्त सुझावका आधारमा सेनाले हिताधिकारीलाई आत्मनिर्भर र स्वावलम्बी बनाउन मेकानिक्स, सिलाइकटाइ, पेन्टर, कार्पेन्टर, इलेक्ट्रिसियन, प्लम्बर, कुक, कम्प्युटर र कृषिसम्बन्धी व्यावसायिक तालिम प्रदान गरिरहेको छ ।

Previous Post

‘राजनीति होइन विद्यार्थी पढाऔं ’

Next Post

पुल बनेपछि मकैखोला र गोर्जेवासीले पाए सुविधा

सम्बन्धित खबर

सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
आवाज

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

१३ चैत्र २०८२,
खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
आवाज

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
Load More
Next Post
पुल बनेपछि मकैखोला र गोर्जेवासीले पाए सुविधा

पुल बनेपछि मकैखोला र गोर्जेवासीले पाए सुविधा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In