प्रोफेसर सत्येन्द्रनाथ बोस त्यो वेलामा कलकता विश्वविद्यालयमा विज्ञान विषयका प्रमुख थिए । एक दिन उनलाई एम.एससीका विद्यार्थीहरुको एक समूह परीक्षाको मिति बढाउनको लागि भेट्न गए । प्रोफेसर बोसले विद्यार्थीहरुसँग धेरै विचारविमर्श गरे । त्यसपछि उनलाई परीक्षा सार्नको लागि विद्यार्थीहरुसँग कुनै उचित कारण छैन भन्ने लाग्यो । तब उनले उनीहरुको कुरा मान्न अस्वीकार गरे ।
उनले यसरी अस्वीकार गरेपछि विद्यार्थीहरु रिसाए र हड्ताल र अनशनको धम्की दिन थाले । साथै उनलाई घेराबन्दी गर्ने कुरा पनि गरे । विद्यार्थीहरुको कुरा सुनेर प्रोफेसरले दृढताले मुस्कुराउँदै भने, ‘हेर बच्चा हो, मैले आजसम्म कहिल्यै अन्याय गरेको छैन र कसैको अन्याय सहेको पनि छैन । जबसम्म तिमीहरुले मलाई आफ्नो कुरा सही छ भनेर बुझाउन सक्दैनौँ तबसम्म म तिमीहरुको कुरा मान्नेछैन । म यो विश्वविद्यालय र आफ्नो पद छोड्न सक्छु तर तिमीहरुको ज्यादती सहन सक्दिन ।’
उनीहरुको कुरा सुनेर विद्यार्थीहरु नतमस्तक भए र त्यही समयमा परीक्षा दिए जुन प्रोफेसरले अस्वीकार गरेका थिए ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













