(क) लेक्टोएल्ब्युमिन – यसको सबैभन्दा बढी मात्रा गाईको दूध, दही र महीमा हुन्छ । यसको बायोलोजिकल मूल्य विश्वभरि पाइने सबै प्रोटिनहरुभन्दा अधिक (१०४%) हुन्छ जबकि यसको उपस्थिति सोयाबिनमा ७५ प्रतिशत, आलुमा ७१ प्रतिशत चामलमा ५९ प्रतिशत र गेडागुडीमा ४९ प्रतिशत पाइन्छ ।
(ख) कन्जुगेटेड लिनओलिक एसिड – यो क्यान्सरजस्तो भयानक रोगसँग लड्ने बहुमूल्य तत्व हो । अन्य खाद्यवस्तु या अरु जनावरको दूधको तुलनामा गाईको दूधमा यो सर्वाधिक मात्रामा पाइन्छ । भनिन्छ, सधैँ लोकल गाईको दूध सेवन गर्ने व्यक्तिलाई क्यान्सरको खतरा अत्यन्त कम रहन्छ । साथै, नियमित रुपमा गौदूधको सेवन गर्ने महिलालाई स्तन क्यान्सर हुनबाट बचाउने तत्व पनि यही हो ।
(ग) लैक्टोफोरिन – यसको मात्रा अरु दूधको तुलनामा गाईको दूधमा अधिक पाइन्छ । यसको काम शरीरमा एन्टिब्याक्टेरिया, एन्टिभाइरल र एन्टिफन्गलको रुपमा कार्य गर्नु र हाडको रक्षा तथा विकासमा मद्दत पु¥याउनु हो ।
(घ) सेरिब्रोसाइड्स – यो पनि गाईको दूधमा सर्वाधिक मात्रामा पाइने एक उपयोगी तत्व हो । यसको उपस्थितिले मानवीय मस्तिष्कका घटकहरु, सम्पूर्ण स्नायुप्रणाली र मस्तिष्क विकासमा फाइदा पु-याउनुका साथै स्नायुकोषिकाहरुको संरक्षण गर्दछ, जसले गर्दा बुद्धि, प्रज्ञा, स्मृति तथा मेधाको विकासमा सहयोग पुग्दछ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













