पतिः जब म गीत गाउन थाल्छु, तिमी किन सधैँ बाहिर निस्किन्छौ हँ ?
पत्नीः मानिसहरुले यो नठानून् कि म तिमीलाई पिटिरहेकी छु ।
प्रेमपूर्ण अनुरोध
पत्नीले पतिलाई प्रेमपूर्ण अनुरोध गरिन्—
पत्नीः सुन्नुहोस् त तपाईं मेरो नाम काढेर मलाई नबोलाउनुस् न । बच्चा पनि मेरो नाम काढेर बोलाउन थाले ।
पतिः (झोक्किँदै) यसको मतलब त यही हो कि म पनि तँलाई ममी भनेर बोलाऊँ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













