त्यो वेलामा फ्रान्समा जनरल कास्तलेनले पूरा लिथोस शहरलाई आफ्नो कब्जामा लिएका थिए, किनकि विद्रोहीले अझै उधुम मच्चाइरहेका थिए । त्यसैले उनीसँग धेरै कठोर व्यवहार गरिँदै थियो । ती विद्रोहीमध्ये एक हजाम पनि थियो जो धेरैजसो भन्ने गथ्र्याे, जनरल मेरो अगाडि आयो भने म छुराले उसको सफाया गरिदिन्छु ।
यो कुरा जनरल कास्तलेनको कानमा पनि प¥यो । एक दिन उनी एक्लै त्यो हजामको पसलमा गए र आफ्नो कपाल काट्नको लागि भने । हजाम उनलाई आफ्नो अगाडि देखेर डरायो । कामेका हातले उसले छुरा उठाएर जसोतसो कपाल काट्ने काम पूरा ग¥यो ।
कपाल काटिसकेपछि जनरल कास्तलेनले उनलाई पैसा दिनको लागि एक पाइला अगाडि बढाए र अचानक रोकिएर भने, मैले त तिमीलाई घाँटी काट्ने पूरा मौका दिएँ, तिम्रो हातमा छुरा पनि थियो । तर तिमीले त्यसको फाइदा उठाउन सकेनौ । मेरो कुरा मान, आफ्नो हातमा आफ्नो बोलीमा भन्दा धेरै शक्ति ल्याऊ, तब आफूले भनेको कुरा पूरा गर्न सक्छौ ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













