• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

शरणार्थी सम्बन्धी गृहको प्रतिवेदनमा ‘नक्कली अनुसूची’ थप्दै अर्बौं असुली

by
१४ चैत्र २०७९,
0
शरणार्थी सम्बन्धी गृहको प्रतिवेदनमा ‘नक्कली अनुसूची’ थप्दै अर्बौं असुली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सार्वजनिक नभएको प्रतिवेदन हात पारेर ८७५ नेपालीको नाम थप जनही १० देखि ५० लाख रुपैयाँसम्म असुली अमेरिका उडाउने भन्दै नक्कली शरणार्थी परिचयपत्र वितरण गृह मन्त्रालयले गठन गरेको प्रतिवेदनमा दुई नक्कली अनुसूची

काठमाडौं। भूटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै गिरोहले नेपाली नागरिकसँग करोडौं ठगी गरेको पाइएको छ। प्रतिवेदनमा आफूखुशी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भूटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको भेटिएको हो।

गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा २०७६ जेठमा गठित कार्यदलमा विज्ञ सदस्यका रूपमा गणेशबहादुर केसी र सदस्यसचिवका रूपमा शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए। कार्यदलले गृहमा बुझाएको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन। गिरोहले त्यही प्रतिवेदनमा पछि दुइटा अनुसूची थपेर ८७५ नेपाली नागरिकको नाम समेटेको छ। स्रोतका अनुसार सरकारी संयन्त्रसँग निकट सम्पर्कमा रहेको गिरोहले नाम प्रतिवेदनमा समावेश गरेर जनही १० देखि ५० लाख रुपैयाँसम्म उठाएका थिए। रकम उठाइसकेपछि गिरोहले नक्कली शरणार्थी परिचयपत्र वितरण गर्दै आएको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाली नागरिकलाई नक्कली शरणार्थी परिचयपत्र दिलाउने गिरोहका मुख्य नाइके केशव दुलाल सहित सानु भण्डारी र टेक गुरुङलाई नियन्त्रणमा लिइसकेको छ। “पथरी घर भएका केशव दुलालले यहाँका ५० भन्दा बढी सीधासाधालाई अमेरिका पठाउने भन्दै शरणार्थी परिचयपत्र र ट्राभल डकुमेन्ट तयार गर्न भनेर १० लाख रुपैयाँदेखि माथि उठाएका छन्” उर्लाबारीमा भेटिएका एक पीडितले भने, “पैसा उठाउन पथरीकै पूर्ववडाध्यक्ष सागर राईले समन्वय गरिदिएका थिए।” पथरीका राई भने “हल्ला निकै चलेको छ, बोल्ने ठाउँमा पुगेर आवश्यक परे बोलौंला” भन्दै पन्छिन चाहे।

गिरोहले प्रतिवेदन हात पारेर त्यसमा ९(क) र ९(ख) अनुसूची थपेको छ। अनुसूची ९(क) ‘विभिन्न कारण देखाई शरणार्थीमा छुट दर्ता गरी तेस्रो देशमा पुनःस्थापना गर्न माग गर्दै कार्यदलसमक्ष निवेदन दिने क्याम्पबाहिर ठेगाना देखाएका निवेदकहरूको विवरण’ उल्लेख गरिएको छ जहाँ रकम उठाइएका ४५१ परिवारका ५३५ जनाको नाम समेटिएको छ। ९(ख) मा ‘विभिन्न कारण देखाई शरणार्थीमा छुट दर्ता गरी तेस्रो देशमा पुनःस्थापना गर्न माग गर्दै कार्यदलसमक्ष निवेदन दिने क्याम्पभित्र ठेगाना देखाएका निवेदकहरूको विवरण’ मा भने १३० परिवारका ३४० जनाको नाम उल्लेख छ।

प्राप्त केही परिचयपत्रको ठेगाना अनुसार, गृह मन्त्रालयले गत वर्ष डिसेम्बरमा जारी गरेको लतिका भण्डारीको शरणार्थी परिचयपत्रमा ठेगाना ‘बेल्डाँगी–सी ३/३३९’ लेखिएको छ। सलिना प्रधानको ठेगाना ‘बेल्डाँगी ८–३/३७’ छ। यी दुवै परिचयपत्रको प्रतिलिपि बोकेर संवाददाता दमकको बेल्डाँगी शिविरमा पुगेको थियो। ‘बी–३’ सेक्टरकी प्रतिनिधि कविता राईले यी नामका कोही पनि शरणार्थी आफ्नो र आसपासको सेक्टरमा नरहेको बताइन्। परिचयपत्रमा रहेको नम्बरको हट (झुप्रो) शिविरभित्र कतै नरहेको पनि उनले जानकारी दिइन्।

प्रतिवेदनको ‘छुट दर्ता’ सूचीमा ‘रमेश कटवाल (पथरी–११ एक्स्टेन्सनरएफ २/१०७/१८११ एक्स)’ र ‘सुनील अधिकारी (पथरी–११ एक्स्टेन्सनरए १/१७०८ एक्स)’ उल्लेख छन्। तर, यी नाम–ठेगाना पनि पथरी शरणार्थी शिविरमा कतै पाइएन। कटवाल र अधिकारी दुवै दाङवासी रहेको अनुसन्धानमा देखिएको छ।

गिरोहले कहिले छुट दर्तामा नाम हाल्ने, कहिले फोटो खिच्ने, कहिले फिङ्गरिङ र कहिले मेडिकल गर्ने भन्दै किस्ता–किस्तामा जनही १० लाख रुपैयाँ लिएको थियो। यस्तै, अमेरिकी दूतावासका अधिकारीसँग अमूक स्थान र विषयमा भएका भेटघाटका स्टाटसलाई फेसबुकमा राख्दै त्यसलाई पनि रकम असुल्ने आधार बनाइएको पीडितले बताएका छन्। पथरीका ईश्वर भट्टराई, संगीता खड्का, विकास खड्का, समीर पराजुली, सोनिया लिम्बू, सारा तामाङ, कमल सुवेदी, महेश कार्की, दीपक लामिछाने, कृष्ण बोहोरा लगायतका पीडितले आफूसँग भएको खेतीयोग्य जग्गासमेत बेचेर गिरोहको शर्तअनुसार रकम बुझाइएको बताए। जबकि यी सबैको शरणार्थी नाम र नागरिकताको नाम अलग–अलग छ।

“सन्देश शर्मा नामका व्यक्तिले मेरो दाङ क्षेत्रका चिनारु र गाउँलेको रकम उठाएको मैले पाएँ” दाङबाट आएका पीडितका आफन्त गजेन्द्र बुढाथोकीले भने, “मेरै क्षेत्रका ६१ जना पीडितको उजुरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेको छ।” उनका अनुसार दाङमा २०७८ जेठमा धन्दा शुरू गरेको गिरोहले कहिले फोटो खिच्ने भनेर चितवन सफारी होटलमा बोलाएको थियो, कहिले विराटनगरको विराट मेडिकलमा स्वास्थ्य परीक्षण गर्न पुर्‍याएको थियो। ‘अब ट्राभल डकुमेन्ट (टीडी)’ वा शरणार्थी आइडी दिइने भन्दै दाङमा रहेका आफ्ना ग्राहक (पीडित) लाई झापाको दमकरबिर्तामोडसम्म बोलाइने गरेको थियो।

पथरी शरणार्थी शिविर

यो गिरोहको धन्दाबारे जानकारी दिन बुढाथोकीले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, गृह सचिव टेकनारायण पाण्डेलाई पनि भेटेका थिए। “सानु भण्डारीसँग मेरो चिनजानी छ, म कुरो गरिदिउँला” भन्दै गृह सचिव पाण्डेले आफूलाई सान्त्वना दिएको बुढाथोकीले सुनाए। त्यसअघिका गृहमन्त्री रामबहादुर थापा, उनका सल्लाहकार इन्द्रजित राई सहितका पदाधिकारी पनि यो गिरोहबारे जानकार वा संलग्न रहेको पीडितहरूको भनाइ छ।

गिरोहका नाइके केशव दुलाल नेता सुजाता कोइराला उपप्रधानमन्त्री भएका बेला उनका निजी सहायक थिए। शरणार्थी बनाएर अमेरिका उडाउने प्रलोभनमा पारिएका व्यक्तिहरू चर्को गुनासो लिएर काठमाडौं आएका बेला दुलालले नेता कोइरालाकहाँ चियापानमा लिएर जाने गरेको पाइएको छ। गृह मन्त्रालयको तत्कालीन नेतृत्व तहसम्म पहुँच पुर्‍याएर गिरोहले चलखेल गरेको पीडितको भनाइ छ।

शरणार्थीका नाममा ठगी भइरहेको सूचना र प्रमाण पाएर भूटानी अधिकारवादी नेता टेकनाथ रिजालले गत वर्ष वैशाखमा विभिन्न राजनीतिक दलका उच्च नेताहरूलाई यो गिरोहबारे अवगत गराएका थिए। तर, कसैले पनि ध्यानमा राखेर यसबारे थप अध्ययन गर्ने वा मुद्दा उठाउने यत्न गरेका थिएनन्।

“गिरोहले भने अब हेर्दै जानुस्, अख्तियारमा प्रमुख आयुक्त बनेर गृह सचिव प्रेमकुमार राई जाँदै छन्, यो हाम्रै सेटिङ हो। झापामा सिडिओ जनक दाहाल फेरिंदै छन्, तल शिविरमा अब संयुक्त प्रमाणीकरण जाँदैछ, गृहका सहसचिव पन्थीको नेतृत्वमा शरणार्थीको छुट दर्ताको कार्यदल बन्दै छ भन्थे” पथरीमा भेटिएका अर्का पीडितले भने, “नभन्दै त्यस्तै हुन्थ्यो। जे भन्यो, त्यही पुग्थ्यो। अनि नपत्याएर के गर्नु ? ”

दाङबाट भने रोहित शर्मा कोइराला (सन्तोष शर्मा), कृष्ण कार्की (विवेक थापा), प्रदीप पौडेल (प्रदीप अर्याल), भुवन थापा (सन्देशजंग ठकुरी), कपिल खनाल (खिमराज पौडेल), सिम्रन थापा (मीना राणा), रामजीप्रसाद तिवारी (भुपेन्द्र बुढाथोकी), शारदा चौलागाईं (तेन्जिना लम्साल) सहितका पीडितले आफूले तिरेको रकम, बैंक दाखिला रसिद, नक्कली शरणार्थी परिचयपत्रसहितका प्रमाण अनुसन्धानका लागि प्रहरीमा बुझाएका छन्। दुलाल लगायतकै गिरोहले कास्की, चितवन, दाङ, सल्यान सहितका २०० भन्दा बढीलाई अमेरिकाको सपना देखाएर ठगी गरेको उजुरी प्रहरीमा छ।

गृहको देखिने ‘चलखेल’

पूर्वी नेपालमा रहेका शिविरहरूका झन्डै एक लाख १५ हजार शरणार्थी तेस्रो देशमा बसोबासमा गइसकेपछि ‘दिगो समाधान खोज्न’ भन्दै गृह मन्त्रालयले विभिन्न कार्यदल, समिति र अध्ययन टोली बनाउँदै आएको छ। पछिल्लो पटक २०७६ जेठ ३० मा बनेको पूर्वसहसचिव पन्थी नेतृत्वको कार्यदलको काम सन्देहपूर्ण देखिएको भन्दै झापाकै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा २०७८ मंसिर १९ मा उपसमिति बनाइएको थियो। उपसमिति गठनका क्रममा गृहले झापा जिल्ला प्रशासन कार्यालयलाई ‘शरणार्थी परिचयपत्र वाहकका परिचयपत्रविहीन सन्ततिलाई परिचयपत्र दिने’ भन्ने द्वैध अर्थ लाग्ने कार्यादेश दिएको थियो।

बेलडाँगी शर्णार्थी शिविरको बसोबास सूची :

फेरि २०७९ जेठ २७ मा ‘पन्थी कार्यदलले पेश गरेको प्रतिवेदन समेत अध्ययन गर्दै छुट शरणार्थीका सन्दर्भमा समेत दीर्घकालीन समाधान र व्यवस्थापनको ठोस सुझाव पेश गर्ने’ भन्दै गृहले अर्को उपसमिति बनायो। यो उपसमितिको काम अहिले पनि जारी छ। यही उपसमितिको नेतृत्व गरेका झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले पन्थी प्रतिवेदनमा छुट दर्ता भनेर राखिएका ४२९ जनाको नाम पनि ‘प्रमाणीकरण’ बाँकी रहेको बताए। “यहाँ शरणार्थी हो, होइन र शंकास्पदका गरी तीन वर्गमा बाँडेर अध्ययन गर्दैछौं” उनले कान्तिपुरसँग भने, “अहिलेसम्मको अध्ययनमा सिफारिश गरिएकामध्ये धेरैजसो होइनन् कि भन्ने देखिएको छ।”

झापा–मोरङका पीडितले एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष कुरा राखेपछि उनकै निर्देशनमा राष्ट्रिय सभामा गिरोहको चलखेलका विषयमा प्रश्न उठाइएको थियो। चितवनकी राष्ट्रिय सभा सांसद दिलकुमारी थापा रावल (पार्वती) ले ‘अमेरिका लैजाने भन्दै सोझासाझा नेपालीमाथि गिरोहको आर्थिक चलखेल भइरहेको’ भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन्। उनले यसमा गम्भीर अनुसन्धान हुनुपर्ने आवाज पनि उठाएकी थिइन्। “यो गिरोहको चलखेलबारे एमाले, कांग्रेस, माओवादीका सबैजसो शीर्षस्थ नेता जानकार हुनुहुन्छ” पथरीमा भेटिएका एमाले नेता युवराज बाँस्कोटाले भने, “तर, गिरोहको राजनीतिक र अन्य पहुँचका कारण धेरैले मुख खोल्न सकेका छैनन्।”

प्रतिवेदनमा के छ ?

गृह स्रोतबाट खोपकेले हालै प्राप्त गरेको पन्थी कार्यदलको प्रतिवेदन अनुसार अध्ययन कार्यदललाई ६ वटा कार्यादेश दिएको पाइएको छ। यसमध्ये सबैभन्दा अर्थपूर्ण र द्वीअर्थी छैटौं बुँदामा ‘भूटानी शरणार्थीलाई दर्ता भई पुनःस्थापना हुन बाँकी र दर्ता हुन छुट भएका शरणार्थीको लगत तयार गरी निजहरूलाई भूटान फिर्ता गर्न सकिने वा नसकिने, तेस्रो देशमा पुनर्वासमा पठाउन सकिने वा नसकिने सम्बन्धमा सुझाव दिने’ भनिएको छ। “तर, कार्यदलले यो कार्यादेशमा काम गरेन, हामी दर्ता छुटका शरणार्थीको लगत राख्ने अवस्था र समयावधिमा थिएनौं। यसरी दर्ता गर्न अनेक जोडबल आइपरेको भए पनि यो कार्यादेशलाई स्वीकार नगरी काम पूरा गरेका थियौं”, पन्थीले भने।

प्रतिवेदनको सुझावमा भनिएको छ— ‘छुट दर्ता भएको भन्दै बारम्बार शरणार्थी दर्ता गर्नका लागि निवेदन दिने प्रवृत्तिले यो समस्यालाई बल्झाइरहने हुँदा अबउप्रान्त दर्ता प्रक्रिया मात्र नभई शिविरको धारणा र अस्तित्वलाई नै हटाउन आवश्यक देखिन्छ, नेपालको भूराजनीतिक अवस्था र आर्थिक, प्राकृतिक सामथ्र्यको कमी र भावी सम्भावित परिणामलाई मध्यनजर गर्दा भूटानी शरणार्थीलाई नेपाली नागरिकता दिन उचित नहुने देखिन्छ।’

पन्थी प्रतिवेदनमा दर्तामा आएका भूटानी शरणार्थीलाई ‘स्मार्ट भूटनिज रिफ्युजी आइडेन्टी कार्ड’ उपलब्ध गराउँदै वैज्ञानिक अभिलेखन गर्न सुझाव दिइएको छ। कार्ड उपलब्ध गराएपछि निश्चित समयावधि तोकी शिविर खाली गराउने र खाली भएको जग्गालाई प्रचलित कानूनबमोजिम सम्बन्धित सरकारी निकायलाई संरक्षणका लागि हस्तान्तरण गर्नुपर्ने भनिएको छ।

प्रतिवेदनमा दिइएको ८ बुँदे सुझावमा भनिएको छ :क) सन्ततिहरूको जन्मदर्ताको छुट्टै अभिलेख राखी परिचयपत्रको व्यवस्था,

ख. सवारी चालक अनुमतिपत्र लिन सक्ने सुविधा,

ग. बैंकिङ कारोबार गर्ने सुविधा,

घ. शरणार्थी कल्याणसँग सम्बन्धित संघ–संस्था खोल्ने सुविधा,

ङ. व्यापार–व्यवसाय गर्ने सुविधा,

च. जग्गा–जमीन, भवन अनुबन्ध९लिज०मा लिन सक्ने सुविधा,

छ. विदेश आवागमनको लागि यात्रा अनुमतिपत्र पाउनसक्ने सुविधा,

ज. बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, संचार आदिको उपभोग गर्ने सुविधा।

स्रोत : खोज पत्रकारिता अनुसन्धान केन्द्र

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

आजको मौसमः देशका पहाडी भू–भागमा बर्षा हुने

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
पश्चिमी वायुको असरले केही दिनवर्षा र हिमपातको सम्भावना

आजको मौसमः देशका पहाडी भू–भागमा बर्षा हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In