“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवाप्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत सुदुरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रहरुमा प्रचलित छाउपडीप्रथा उन्मूलनकालागि Action Works Nepal (NGO) द्वारासाञ्चालित “Chhaupadi& Menstrual Health Hygiene Management Project” लाई सफल बनाउनआर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
छाउपडी प्रथा प्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्घ जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्षरुपमा प्रभावित बालिका तथा महिलाहरुलाई स्वास्थ्य सेवा तथा पोषणका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चलित यस योजना बैतडी जिल्लाको दिलासैनी गाँउपालिकामा करिब चार महिना सञ्चालन गरिने छ । उक्त योजनाअन्तर्गत गाँउपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षाहरु, सडकनाटक, डेउडानाच तथा स्थानीय स्रोत साधाको प्रयोग गरीपु:नप्रयोग गर्न सकिने सेनीटरी प्याड बनाउने तालिम प्रदानगरिने छ । यसप्रकार छाउपडी प्रथाका विरुद्घ कार्यक्रमहरु गरी समुदाय स्तरमाजनचेतना जगाउनेप्रयासमा सहभागिता स्वरुप बैंकले ल्न्इ लाई आर्थिक सहयोग प्रदान गरेको हो ।
आगामीदिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणकालागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।













