• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गुमनाम ‘सूर्य ओढार’ विकासको पर्खाइमा

by
१२ चैत्र २०७९,
0
गुमनाम ‘सूर्य ओढार’ विकासको पर्खाइमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कपिलवस्तु । अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार । बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ । विगतमा खासै चर्चामा नआएको यो स्थान पछिल्लो समय चर्चामा आएको छ ।

कपिलवस्तुसँगै सीमा जोडिएको अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नं १४ पावरा–विक्रम गाउँ नजिकै छ सो स्थान रहेको छ । स्थानीयले सूर्य ओढारका रूपले चिन्ने गरे पनि यसको महत्व बुद्धसँग जोडिन पुगेको जनाइएको छ ।

बुद्धसँग सम्बधित रहेर यसको खोज र अनुसन्धानमा लागेका पोमनारायण पौडेल सूर्य ओढारका रूपमा चिनिने यो स्थान बुद्धको देशनालय रहेको बताउँछन् । लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीसमेत रहेका उनी भन्छन्, “कपिलवस्तु महावन क्षेत्र हो, जसअन्तर्गत यस ठाउँ बुद्धले त्यस बेलाका देवता र दानवलाई देशना गरेको हिसाबले यो ठाउँ महत्वपूर्ण छ । शाक्यमुनी गौतम बुद्धले जेष्ठ पूर्णिमाको राति यहाँ देशना गर्नुभएको थियो ।”

महासमय सूत्र बुद्धकालीन समयमा सुनाउने सूत्र हो । बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र कपिलवस्तु भूमिमा देवतादेखि दानवसम्मलाई महासमय सूत्र सुनाउने गर्थे। त्यो सुनाउने स्थान कपिलवस्तु महावन हो । यो महावनलाई व्याख्या गरिएअनुसार पर्वत शृङ्खला नजिकै, एक नदी र गुफा क्षेत्र रहेको बौद्धग्रन्थमा उल्लेख रहेको उनले बताए ।

उनका अनुसार त्रिपिटकमा गरिएको ब्याख्याअनुसार कपिलवस्तु महावनमा बुद्धले देशना गरेको र जहाँ युगान्दर पर्वत, भागीरथि नदी र एक गुफा रहेको भन्ने छ । यो स्थान कपिलवस्तुका अन्य कुनै स्थानमा नभएकाले ब्याख्या गरिएअनुसार सबै कुरा यहाँ मिलेको उनले दाबी गरे ।

सूर्य ओढार पहाड नजिकै छ । यसको नजिकै भागीरथि नदी ९बाणगङ्गा० बग्छ भने एक गुफा यसलाई सूर्य ओढारका नामले चिनिन्छ । बौद्धग्रन्थमा उल्लेख भएअनुसार यस ठाउँको खोज र अनुसन्धानमा विद्वानहरू लागिपरेका छन् । विपस्यनाका वरिष्ठ सहायक आचार्य अक्कलध्वज गुरुङका अनुसार कपिलवस्तु महावन भागीरथि नदीको आसपास भएको बताए । जीवनभर बुद्धका अध्ययनमा लागेका अनुसार कपिलवस्तु महावनमा बुद्धले गरेको देशनालयस्थल सूर्य गुफा नै हो ।

बुद्धले २९ वर्ष विताएको तिलौराकोट र बुद्धले बुद्धत्व प्राप्त गरी फर्केर आएको कुदानको ठीक उत्तरमा यो क्षेत्र पर्छ । तिलौराकोटमा हाल उत्खनन भइरहेको छ । यसक्रममा बौद्धकालीन संरचना थप भेटिने क्रममा छन् । पौराणिककालमा भागीरथी नदीले चिनिएको बाणगङ्गा नदी नजिकै रहेको तिलौराकोट र बुद्धले देशना गरेको उत्तर क्षेत्रको भागीरथी नदी नजिकै सूर्य गुफा परेका कारण यसको तथ्यलाई थप पुष्टि गरेको शीतगङ्गा नगरपालिकाका पूर्व उपप्रमुख टीका रेश्मीले बताए।

पावरा–विक्रमका गाउँलेहरूले सूर्य उदाएको देखिएपछि यस ठाउँलाई सूर्य ओढार नामकरण गरेका थिए । स्थानीयबाहेक खासै चर्चामा नआएको यो गुफा बुद्धसँग जोडिएपछि थप चर्चामा आएको छ । बुद्धको खोज र अनुसन्धान भइरहँदा कतिपय किताबमा उल्लेख भएका तथ्य खोज्ने अभियानमा अभियन्ता लागिपरेका छन् । यसले सूर्य ओढारको क्षेत्रलाई बुद्धको देशनालयसँग जोडेको हो । फागुनको दोस्रो हप्ता यहाँ ४० भिक्षुलगायत दर्शनौँको सङ्ख्यामा बौद्ध अनुयायी आएका थिए । उनीहरूले यसलाई थप पुष्टि गर्ने आधार खोजेका थिए ।

बहुसङ्ख्यक थाईलगायत विभिन्न देशका भिक्षु उपस्थित रहेको त्यस दिन सूर्य ओढारको अवलोकन गर्नुका साथै आगामी दिनमा यहाँ गर्नुपर्ने विकासबारे चर्चा गरिएको थियो । यसको प्रचार–प्रसारको मुख्य अगुवाइ शीतगङ्गा नगरपालिकाका पूर्व उपप्रमुख रेश्मीले गरेका छन्। यसको विकास र प्रचार–प्रसारका लागि भिक्षुलगायत बुद्धका अनुयायीको अवलोकन महत्वपूर्ण रहेको उनले जनाए । भिक्षुसँगै आएका बौद्ध अनुयायीले यहाँको अवलोकन गर्दै वास्तविकता पत्ता लगाउने कोसिस गर्नु यस क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको उनले बताए ।

बाणगङ्गा नगरपालिका–८ निवासीसमेत रहनुभएका पोमनारायण पौडेलले सूर्य ओढारसम्म पुग्ने बाटोको विकास महत्वपूर्ण रहेको बताए । त्यहाँ पुग्ने बाटो कच्ची भएको र थप बाटो विस्तार गर्न जङ्गली क्षेत्र रहेकाले वनसँग समन्वय गरी बाटोको थप विस्तार गर्नुपर्नेमा उनको जोड छ ।

देशनालयका लागि त्यहाँ पुग्ने भिक्षुलाई बस्ने प्रबन्ध नभएकोसमेत उनले सुनाए । उनले भने,“खुला आकाशमुनि ध्यान गर्दा घामपानी, हावाहुरी र वर्षाले प्रभाव पार्ने हुँदा केही संरचना तत्काल निर्माण गर्नुपर्छ ।”

पावरा विक्रमका स्थानीय भीमबहादुर बुढाले आँखै अगाडि रहेको क्षेत्रको विकासका लागि आफूहरू कम्मर कसेर लाग्ने बताए । बुद्धकालीन सभ्यतासँग जोडिएको भूगोल भएकाले यसको विकास के–कसरी गर्न सकिन्छ सरोकारवालासँग मिलेर अगाडि बढ्ने उनले जनाए ।

Previous Post

आन्ध्र प्रदेशमा मार्च २८ देखि जी–२० सम्मेलन हुँदै, सजावतका लागि मात्र खर्च गरियो १५७ करोड

Next Post

जी–२० सम्मेलनः पहिलो व्यापार र लगानी समूह बैठक मार्च २८ मा मुम्बईमा हुँदै

सम्बन्धित खबर

काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

२२ फाल्गुन २०८२,
मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी
राजनीति

मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

२२ फाल्गुन २०८२,
काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
फिचर-ब्यानर

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

२२ फाल्गुन २०८२,
रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
आवाज

रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

२२ फाल्गुन २०८२,
काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

२२ फाल्गुन २०८२,
कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार
अन्तर्राष्ट्रिय

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

२२ फाल्गुन २०८२,
Load More
Next Post
जी–२० बैठकमा सबैलाई समान स्वास्थ्य सेवा पहुँचमा भारतकाे जोड

जी–२० सम्मेलनः पहिलो व्यापार र लगानी समूह बैठक मार्च २८ मा मुम्बईमा हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In