• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट

by
११ चैत्र २०७९,
0
दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्टः किसान चिन्तित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलेश्वर – शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भित्र्याउने बेलाको हिउँदे बाली र तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएको छ ।

अन्नपूर्ण गाउँपालिका–७ हिस्तानलगायत उत्तरी म्याग्दीका विभिन्न गाउँमा दिउँसो परेको बाक्लो असिनाले पाक्नै लागेको हिउँदेबाली नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् । म्याग्दीको उच्च लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले खेतीबालीमा क्षति पुर्‍याएको किसानले बताएका छन् ।

हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको हिस्तानका कृषक रमेश पुर्जाले बताए । शुक्रबार ३ बजेतिर हिउँजस्तै जम्ने गरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उनको भनाइ छ ।

खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौ, उवालगायत भित्र्याउने समय भएका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रदै गरेको मकै, सिमी, आलु, काँक्रो, घिरौलालगायतका तरकारी र बालीका बिरुवामा समेत क्षति पुगेको कृषक देवी पुनले सुनाए ।

त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पुर्‍याएको छ । असिनाले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापरलगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले जनाए । अलिअलि भएको बाली समेत असिनाले नष्ट गरिदिँदा किसानहरु मारमा परेको उनले बताए । जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै पाँच हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका कृषक भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ ।

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ३५ देखि ४५ प्रतिशतसम्म कमी आएको छ । सबैभन्दा बढी तेलहन बालीमा असर परेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारीबालीमा समेत असर परेको छ ।

विगत वर्षमा तीन(चार पटक हिमपात भइसक्ने म्याग्दीका उच्च लेकाली क्षेत्रमा यो वर्ष भने चैत लागिसक्दा पनि हिमपात हुन सकेको छैन । जिल्लाका गुर्जा, मुदी, टोड्के, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा हिमपात नहुँदा पशुपालक कृषकलाई समस्या भएको छ । बुकी र खर्कमा हिमपात नभएपछि घाँस पलाउन नसक्दा पशुपालक कृषकलाई समस्या भएको हो । समयमा नै हिमपात नहुँदा लेकाली क्षेत्रमा लगाइएको आलुलगायत हिउँदेबालीको उत्पादनमा ह्रास आएको छ भने पशुलाई चरनको समेत समस्या हुने देखिएको किसानले बताएका छन् ।

Previous Post

धनगढीमा बाघ देखिएपछि स्थानीयवासी त्रसित

Next Post

बागलुङमा बाँझो जग्गामा ओखर खेती

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
बागलुङमा बाँझो जग्गामा ओखर खेती

बागलुङमा बाँझो जग्गामा ओखर खेती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In