काठमाडौं । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ। ८६ वर्षीया ताम्राकारको गएराति न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा निधन भएको हो।
वि।सं। २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी ताम्राकार निडर र हक्की स्वभावकी थिइन्। लामो समयसम्म रेडियो नेपालमा काम गरेकी ताम्राकारको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ।













