यस रोगमा तल दिइएका औषधीमध्ये कुनै दुई साथसाथै खानु राम्रो हुन्छ—
क) चिराइतोको काँडा ५०–१०० मि.लि. । वा धुलो १–३ ग्राम दैनिक २ पटक खाने ।
ख) कमलपित्तमा जति सक्यो पानी खानुपर्छ । साथै पाकेको मेवा, उखुको रस, ग्लुकोजको सर्वत, जामुनको फलको सर्वत, हरियो सागपात सकेको खाने तर अमिलो, पीरो, चिल्लोको साथै गर्मी गर्ने चिजबीज निको नभएसम्म छोड्नुपर्छ ।
ग) गुमपाती र करेलाको रस ५–५ ग्राम दिनको २–३ पटक खाने । गुमपातीको काँडा चियाको रुपमा खाए पनि हुन्छ ।
घ) कुटकी (कटुका, कटुरोहिणी, तिक्ता) यो उच्च पहाड वा हिमालतिर पाइने झार हो । यसको जराको धुलो १–३ ग्राम दिनको दुई पटक खाने ।
ङ) राजवृक्षको बियाँको गुदी ५–१० ग्राम चिसो पानीमा घोलेर खाने ।
च) चुत्रोका बोक्राको काँडा ५०–१०० मि.लि. वा धुलो १–३ ग्राम दिनको २ पटक खाने ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट













