• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

के हो साइबर अपराध ? कसरी हुन्छ ?

by
९ चैत्र २०७९,
0
के हो साइबर अपराध ? कसरी हुन्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।साइबर अपराधलाई सामान्य रुपमा कम्प्युटर वा इन्टरनेटको प्रयोग गरेर गरिने आपराधिक कृयाकलापहरू र कम्प्युटर, कम्प्युटर प्रणाली, कम्प्युटर नेटवर्क वा कम्प्युटर कार्यक्रमविरुद्ध लक्षित आपराधिक कृयाकलापहरू हुन् भनी बुझ्न सकिन्छ । यसलाई कम्प्युटर अपराध पनि भनिन्छ।

परम्परागत अपराध (समाजमा पहिले देखि नै अपराध वा कसुर भनी पहिचान गरी कानुनले रोक लगाएका कार्यहरू) हरु पनि यदि कम्प्युटर वा इन्टरनेटको माध्यमबाट गरिन्छ भने त्यसलाई पनि साइबर अपराध भनिन्छ । उदाहरणका लागि, जुवा खेल्ने कार्यलाई कानुनले रोक लगाएको छ र अपराधका रुपमा परिभाषित गरी सजायको व्यवस्था गरेको छ । इन्टरनेटको प्रयोग गरी जुवा खेलाउनु वा इन्टरनेटमा जुवा खेल्नु पनि अपराध हो र यसलाई धेरै देशहरूले अनलाइन ग्याम्बलिंङका रुपमा निषेध गरेका छन् । अनलाइन जुवा साइबर अपराध हो ।

साइबर अपराध सम्बन्धि महासन्धिले साइबर अपराधको परिभाषा नगरेता पनि अनधिकृत पहुँच, गैरकानुनी अवरोध, तथ्याङ्क माथिको हस्तक्षेप, कम्प्युटर प्रणालीमा हस्तक्षेप, उपकरणहरूको दुरुपयोग, कम्प्युटरको माध्यमबाट हुने जालसाजी, किर्ते, बालयौन दुराचार, प्रतिलिप अधिकार र सोसँग सम्बन्धित अन्य अधिकारको उल्लंघनलाई समेटेको छ । केही मुख्य प्रकारका साइबर अपराधहरु यसप्रकार रहेका छन् ।

ह्याकिङ् वा अनधिकृत पहुँचः कतिपय इन्टरनेट वा विभिन्न माध्यमबाट ह्याकिङ् वा अनधिकृतरुपको पहुँचबाट पनि साइबर अपराध हुने गरेको छ । सामान्य रुपमा ह्याकिङको अर्थ कुनै कम्प्युटर वा कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच र नियन्त्रण हो । ह्याकिङ् गर्ने व्यक्तिले कम्प्युटर वा कम्प्युटर प्रणालीमा रहेको कुनै कार्यक्रम, सूचना वा तथ्याङ्कमा उक्त कम्प्युटरको धनी वा जिम्मेवार व्यक्तिको अनुमति वा अख्तियारी नलिइकन पहुँच प्राप्त गर्ने प्रयास गरेर नियन्त्रण स्थापित पनि गर्दछ ।

कम्प्युटर भाइरसः कम्प्युटर भाइरसको प्रयोग गरेर पनि साइबर अपराध हुने गरेको तथ्य हामिले सुन्दै आएका छौँ । कम्प्युटर भाइरस एक किसिमको कम्प्युटर कार्यक्रम वा कोड हो, जसले आफुलाई पुनः उत्पादन गर्दै सम्पर्कमा आउने अन्य उपकरणमा सर्न सक्छ । कम्प्युटरमा रहेका अन्य दस्तावेज, सूचना, तथ्याङ्क र कार्यक्रमलाई नष्ट गर्न वा कम्प्युटरको कार्यलाई असर गर्न सक्छ । अन्ना कोर्निकोभा भाइरस, आइलभयु भाइरस र मेलिसा भाइरस केही नाम चलेका र खतरनाक कम्प्युटर भाइरसहरू हुन् कम्प्युटर भाइरससहित कम्प्युटरलाई असर गर्ने अन्य प्रकारका फाइल वा कार्यक्रमहरलाई ‘मालवेयर’ भनिन्छ । यस्ता कम्प्युटर भाइरसहरू पत्ता लगाउन रोक्न तथा नियन्त्रण गर्न बनाइएका कम्प्युटर कार्यक्रम वा कोडलाई एन्टीभाइरस भन्ने गरिएको छ ।

हालैको दिनहरूमा कुनै फाइल नहुने खालका मालवेयरहरू र ’यान्समवेयर’ भनिने कम्प्युटर र यसका तथ्याङ्कलाई नियन्त्रणमा लिई निश्चित पैसा तिरे नियन्त्रणबाट छोडिदिने खालका प्रविधि देखिएका छन् । वानाक्राइ नाम दिइएको र्यान्समवेयरले २०१७ मा नेपालसहित १०० भन्दा बढी देशका कम्प्युटरहरूलाई असर गरेको र यसबाट विश्वलाई कम्तीमा ४ अर्ब अमेरिकी डलर घाटा लागेको थियो । प्रत्येक वर्ष करोडौको संख्यामा नयाँ मालवेयरहरू बन्ने गरेको पाइन्छ ।

फिसिङ्ः फिसिङ् भनेको जालसाजी गरी व्यक्तिको गोप्य जानकारी जस्तै पासवर्ड वा बैँक कार्ड नम्बर पत्ता लगाउने तरिकाबाट पनि साइबर अपराध हुने गरेको छ । जालसाजी गरी पत्ता लागेका जानकारी पहिचान चोरी वा ठगीका लागि प्रयोग गरिन्छ । जसलाई फिसिङ् पनि भनिन्छ । यसरी फिसिङ् गर्दा प्रायजसो नाम चलेको संस्थाको नाम दुरुपयोग गरी इमेल पठाएर पासवर्ड परिवर्तन गर्न वा अन्य व्यक्तिगत सूचना भर्न लगाइन्छ त्यसरी आएको इमेलमा भएको लिंक अथवा संगै आएको फाइलमा बैंकको खाता नम्बर मागिएको वा पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्ने, वा चिट्ठा परेकोले सो रकम प्राप्त गर्न प्रशासकीय शुल्क तिर्नुपर्ने बताइएको हुन्छ । इमेलका पासवर्ड तुरुन्त परिवर्तन गर्न लिङ्कसहितको इमेल वा कुनै पुरस्कार वा सेवा दाबी गर्न भर्न दिइने फारामहरू वा मागिने पैसाहरू फिसिङका उदाहरणहरू हुन ।

डिजिटल चोरीः कम्प्युटर सफ्टवेयर, गेम वा कोडस चलचित्र वा म्युजिक भिडियोस सङ्गीत वा पुस्तक आदिको गैरकानुनी उत्पादन तथा विक्रि वा वितरण डिजिटल पाइरेसी हो प्रतिलिपि अधिकार भएको व्यक्ति वा संस्था बाहेकको अन्य व्यक्तिले कुनै डिजिटल वस्तु कपी गरी पुनः उत्पादन, विक्री वा वितरण गर्दा त्यो चोरी हुन्छ । यो पनि साइबर अपराध भित्र पर्दछ । अनधिकृतरुपमा चोरी गरिएका त्यस्ता सामग्रीहरू डाउनलोड गरेर आफ्नो उपकरणमा राख्नु वा उपभोग गर्नुपनि अपराध हो नेपालजस्तो विकासोन्मुख देशहरूमा डिजिटल चोरीको समस्या ज्यादा रहेको छ ।

इन्कारी आक्रमणः नेपालमा साइबर अपराधको रुपमा सेवाको इन्कारी आक्रमण पनि हुने गरेको छ । सेवाको इन्कारी आक्रमण नेटवर्क सर्भर विरुद्धको आक्रमण हो जसमा सर्भरले सम्बोधन गर्न नसक्ने गरी ज्यादै ठुलो संख्यामा सेवाको अनुरोध पठाएर र वेबसाइट वा सेवालाई चल्नै नसक्ने बनाइन्छ । यसबाट सो सेवा प्राप्त गर्न चाहने बास्तविक सेवाग्राहीहरूलाई सेवाको इन्कारी हुनजान्छ ।

अनलाइन घोटलाः साइबर अपराधकै रुपमा घोटाला वा जालसाजी पनि बढ्दै गएको छ । यो परम्परागत अपराध हो र यदि यस्तो घोटाला वा जालसाजी इन्टरनेट वा कम्प्युटरको प्रयोग गरी गरिन्छ भने त्यसलाई अनलाइन घोटाला वा जालसाजी भनेर चिन्ने गरिन्छ । उदाहरणका लागि विभिन्न अफ्रिकी मुलुकहरूबाट पैसा स्थानान्तरण गर्नु परेकोले सहयोग गर्नुपर्यो भन्दै आउने इमेल वा सोसल मिडियाहरूबाट वा वेबसाइट मार्फत जालसाली सूचनाहरू प्रवाह गरेर गरिने ठगीहरू हुन ।

पहिचान चोरीः पहिचान चोरी पनि साइबर अपराधको अर्को पाटो हो । अर्को व्यक्तिको व्यक्तिगत पहिचान खुल्ने सूचना वा जानकारी प्राप्त गरी उक्त सूचना र जानकारीको आधारमा उक्त व्यक्तिजस्तो बनेर विभिन्न लाभ लिने वा आपराधिक क्रियाकलापमा संलग्न हुनु हो । त्यस्तो व्यक्तिगत पहिचान जानकारी अन्तर्गत उक्त व्यक्तिको नाम वा नागरिकता वा पासपोर्ट नम्बर वा जन्ममिति वा पासवर्ड वा चालक अनुमती नम्बर वा तस्बिरहरू पर्दछन जसलाई प्रयोग गरेर सिमकार्ड वा अनलाइन सेवा वा सोसल मिडियामा नक्कली खाता खोल्न मिल्दछ ।

बाल यौनदुराचार र अश्लीलताः बाल यौनदुराचार वा बालबालिका पीडित भएको अश्लील सामग्रीको उत्पादन वा आदानप्रदान परम्परागत अपराध हो र इन्टरनेटको विकासले यो अपराधलाई झनै विस्तृत बनाएको छ । बाल यौन दुराचार अन्तर्गत कम्प्युटर प्रणालीमार्फत वितरण गर्ने उद्देश्यले बाल यौन दुराचारसम्बन्धी सामग्री उत्पादन गर्ने, कम्प्युटर प्रणालीमा त्यस्तो सामग्री प्रस्ताव गर्ने वा उपलब्ध गराउने, कम्प्युटर प्रणालीमार्फत त्यस्तो सामग्री वितरण वा प्रसारण गर्ने, कम्प्युटर प्रणालीमार्फत आफु वा अन्य व्यक्तिका लागि त्यस्तो सामग्री प्राप्त गर्ने तथा कम्प्युटर प्रणाली वा कम्प्युटर डाटा संग्रह गर्ने उपकरणमा त्यस्तो सामग्री राख्ने लगायतका कार्यहरू पर्दछन् । अश्लील सामग्रीको उत्पादन वा वितरण वा प्रयोगलाई कानुनी मान्यता भएका देशहरूमा पनि त्यस्ता कार्यमा बालबालिकाको प्रयोग वा बाल यौनदुराचार सामग्रीलाई गम्भीर प्रकृतिको अपराध मानिन्छ ।

गैर कानुनी विषयबस्तुः साइबर अपराधकै रुपमा गैर कानुनी विषयवस्तुलाई पनि लिने गरिएको छ । गैरकानुनी विषयवस्तु भन्नाले इन्टरनेटमा प्रकाशन वा प्रसारण गर्न नहुने भनी रोक लगाइएका विषयवस्तु पर्दछन् र त्यस्तो सामग्री प्रकाशन गरेमा सजायको समेत व्यवस्था गरिएको हुन्छ
राष्ट्रिय कानुनका साथसाथै अन्तर्राष्ट्रिय कानुनले पनि निश्चित विषयवस्तुलाई नियमन गर्न सकिने, वा प्रसारण गर्न नहुने विषयवस्तु भनी तोकेका छन् नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धिको धारा २० ले युद्धको लागि गरिने कुनै पनि प्रचार एवं भेदभाव, शत्रुता वा हिंसालाई उत्तेजित पार्ने राष्ट्रिय, जातीय वा धार्मिक घृणाको वकालतमा रोक लगाएको छ। साथै, महासन्धिको धारा १९ मा अरुको अधिकार वा प्रतिष्ठाको सम्मान, तथा राष्ट्रिय सुरक्षा वा सार्वजनिक व्यवस्था वा सार्वजनिक स्वास्थ्य वा नैतिकताको संरक्षणका लागि विषयवस्तुहरू नियमन गर्न सकिने उल्लेख छ ।

नेपालमा साइबर कानुनः नेपालको विद्युतीय कारोवार ऐन २०६३ ले पनि गैरकानुनी विषयवस्तुका बारेमा व्यवस्था गरेको छ ऐनको दफा ४७ ले सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय वीचको सुमधुर सम्बन्धलाई खलल पार्न किसिमका सामग्रीहरू तथा महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने किसिमका सामग्री कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएको छ । यस कानुन अन्तरगत विगत १० वर्षमा ३४९ साइबर अपराधको मुद्दाहरु काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ भएको छ । तर वर्षको पाँच देखि दश हजारसम्म उजुरी र गुनासो प्रहरीमा दर्ता हुने गरेको छ ।

साइबर कानुन र मानवअधिकारः ‘साइबर अपराध’ को परिभाषा गर्नु निकै संवेदनशील र महत्वपूर्ण पक्ष हो । नेपालमा यसको स्पष्ट परिभाषा छैन । यसको परिभाषा गर्दा मानवअधिकार र अन्तर्राष्ट्रिय असल अभ्याससँग मेल खानु पर्छ । साइबर अपराध सम्बन्धी बुढापेष्ट महासन्धीसँग मेल खाने गरी सरकारलाई उचित, समानुपातिक र प्रभावकारी साइबर अपराध सम्बन्धी कानुन निर्माणका लागि प्रतिवद्ध बनाउनु पर्दछ । साइबर अपराधको सम्बोधन गर्न विशेष गरी कानूनमार्फत चालिने कदमले अर्थ राख्दछ । अपराधसम्बन्धी विधानले साइबर अपराध सामना गर्न उचित, समानुपातिक र प्रभावकारी सहयोग पुरÞ्याउनुका साथै मानिसलाई साइ चुनौतीबाट रक्षा गर्दै मानवअधिकारको संरक्षण गर्दछ । यद्यपि, साइबर अपराधसम्बन्धी कानुनले मानवअधिकारलाई नकारात्मक असर पनि पार्न सक्छ । निश्चित कार्य वा व्यवहारको अपराधीकरण आफैँमा मानवअधिकारमाथि प्रतिबन्ध हो । वैकल्पिकरुपमा असमानुपातिक सजायसहितको निश्चित अपराध वा फौजदारी अपराधको अति बृहद् परिभाषाले मानवअधिकारमा प्रतिबन्ध लगाउन सक्छ ।

स्रोत : इन्टरनेट र यसको सुरक्षित प्रयोग हाते पुस्तिका, फ्रिडम फोरम 

Previous Post

आजको मौसमः कोशी, बाग्मती र गण्डकीमा मेघ गर्जनसहित बर्षा हुने

Next Post

अबको आईजी को ? ३० वर्षे सेवावधि हट्ने सम्भावना न्यून

सम्बन्धित खबर

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आवाज

वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

२७ फाल्गुन २०८२,
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

२७ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आवाज

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

२७ फाल्गुन २०८२,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
Load More
Next Post
को बन्ला आईजीपी ? डीआईजीहरु शक्तिकेन्द्र धाउँदै !

अबको आईजी को ? ३० वर्षे सेवावधि हट्ने सम्भावना न्यून

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In