• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    आरनको भरमा लुहार दम्पतीको जीविका

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    आरनको भरमा लुहार दम्पतीको जीविका

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पर्यटन, स्वास्थ्य र शिक्षामा आँबुखैरेनीको पहल

by
८ चैत्र २०७९,
0
पर्यटन, स्वास्थ्य र शिक्षामा आँबुखैरेनीको पहल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्यटनमार्फत गाउँपालिकालाई समृद्ध बनाउने र गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने सोचका साथ आँबुखैरेनी गाउँपालिकाले कार्ययोजना तयार गरेको छ । धार्मिक पर्यटकीयस्थल आँधीमूलमा कृत्रिम ताल निर्माण गर्ने र मस्र्याङ्दी नदीमा मोटरबोटर सञ्चालन गर्ने गाउँपालिकाको अवधारणा छ । आँधीमूललाई धार्मिक पर्यटकीयस्थलको गन्तव्य बनाउन त्यहाँ ताल बनाउने योजना अगाडि सारिएको छ । आँबुखैरेनी गाउँपालिका–१ आँधीमूलमा ताल बनाउन चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरिएको छ । पृथ्वी राजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ । आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारा लगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढा–टाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेल्ने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्यरुपमा संस्कार (काजक्रिया) गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ । प्राकृतिक मनोरमका कारणसमेत यस गाउँपालिका पर्यटकिय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण रहेको छ । महाभारत शृङ्खलाअन्तर्गत तनहुँकै अग्लो स्थानमा रहेको छिम्केश्वरी यही गाउँपालिकामा पर्दछ । प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकोमा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् । गाउँपालिकाले वडा नं ४ मा रहेको मस्र्याङ्दी नदीमा मोटरबोट सञ्चालन गर्ने लक्ष्य राखेको छ । मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउनुहुन्छ । “यहाँ मोटरबोट सञ्चालन गर्न सकिए राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई आँबुखैरेनीमा भुलाउन सक्छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि ऊर्जा मन्त्रालयमार्फत अनुमति चाहेका छौँ ।” चुमानका अनुसार चिनियाँ अधिकारीसँग पनि यस विषयमा कुराकानी भएको छ ।

“नेपाल भ्रमणमा आउने अधिकांश चिनियाँ पर्यटक राजमार्ग हुँदै पोखरातर्फ जाँदा उनीहरुलाई आँबुखैरेनीमा एकदिन भए पनि राख्न सकिए यहाँका स्थानीयवासीको जीविकोपार्जनमा पनि सहयोग पुग्छ”, चुमानले भन्नुभयो । उहाँले भन्नुभयो, “आँबुखैरेनीलाई देशकै नमूना पालिका बनाउने गरी योजना अगाडि सारेका छौँ ।” गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि केही काम सुरु गरिसकेको छ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराका ढुङ्गामा भगवान्का आकृति बनाइरहेको छ । यस ठाउँलाई पर्यटनको गन्तव्य बनाउन यहाँका प्राकृतिक ढुङ्गामा भगवानका आकृति कुद्न सुरु गरिएको छ । “ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ”, अध्यक्ष चुमानले भन्नुभयो । ऐनापहरामा पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ । यहाँ थप पूर्वाधार निर्माणका लागि रु पाँच करोड बजेट आवश्यक पर्ने देखिएको छ । थप बजेटका लागि सङ्घ र प्रदेश सरकारलाई आग्रह गरिएको छ । यहाँ स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना गाउँपालिकाको छ । समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा जीप फ्लायरको सम्भाव्यता अध्ययन गर्न लागिएको छ । छिम्केश्वरी मन्दिरको प्रवद्र्धनका लागि जीप फ्लायर सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिने चुमान बताउनुहुन्छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ । आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी माई मन्दिरको पुनःनिर्माण गरेको छ । छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । छिम्केश्वरीको पर्यटन प्रवद्र्धनका लागि रु एक करोड बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि केही नवीन काम गर्न खोजेको छ । गाउँपालिकामा रहेको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नतिदेखि विद्यालयको भौतिक एवं शैक्षिक सुधारका लागि प्रयास थालिएको छ । आँबुखैरेनी गाउँपालिका–५ वडा कार्यालयले आफ्नो भवन इन्द्रदेवी आधारभूत विद्यालयलाई हस्तान्तरण गरिसकेको छ । वडा कार्यालय बरु अन्य ठाउँमा सञ्चालन गरेर सुविधासम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकिएको छ । उक्त निर्णय आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुनेछ ।

आँबुखैरेनी गाउँपालिकाका छवटा वडामा ३५ सामुदायिक विद्यालय छन् । पौराणिक कथनका आधारमा यस गाउँपालिकाभित्र ऋषि, महर्षि तपस्वीको आँपको बृहत् बगैँचा भएकाले आँबु र आसपासमा खयरको समेत जङ्ल रहेकाले खैरेनीे भन्ने चलनबाट अपभं्रस भई आँबुखैरेनी नाम रहन गएको भनाइ छ । यहाँ भौगोलिकरुपमा लेक, बेँसी, पहाड भूबनोटको विविधता पाइन्छ । यहाँ मुख्य गरी मगर, गुरुङ, ब्राह्मण, क्षेत्री, नेवारलगायत अन्य विभिन्न जातजातिको बसोबास रहेको छ ।

Previous Post

तनहुँ जलविद्युत आयोजना तोकिएको समयमै सम्पन्न गर्न निर्देशन

Next Post

आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

सम्बन्धित खबर

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज
आवाज

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

२८ फाल्गुन २०८२,
विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै
आवाज

विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

२८ फाल्गुन २०८२,
शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
आवाज

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

२८ फाल्गुन २०८२,
आवाज

आरनको भरमा लुहार दम्पतीको जीविका

२८ फाल्गुन २०८२,
आर्थिक

मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
फिचर-ब्यानर

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

२८ फाल्गुन २०८२,
Load More
Next Post
भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छः प्रधानमन्त्री

आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In