• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काष्ठकलामा ७ पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर

by
८ चैत्र २०७९,
0
काष्ठकलामा ७ पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट । काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन् । यी सुन्दरमात्र होइनन, टिकाउ पनि उत्तिकै हुन्छन् । तर काष्ठकला निर्माणमा लाग्ने खर्च र मेहनत भने कम्ता छैन । यसबारे अनुमान लगाउन मुश्किल पर्छ । मठ, मन्दिर, सत्तल, पाटी पौवा तथा घरलाई आकर्षक र कलात्मक बनाउन काष्ठकलामा संलग्नले काठमा पोखेको कलामा नेपाली सभ्यता र संस्कृति झल्किन्छ ।

पछिल्लो समय काष्ठकलाप्रति युवाको आकर्षण घट्दै गएको पाइन्छ । काष्ठकला पुस्तान्तरणसमेत हुन नसक्दा कलाकारको मात्र होइन, काठबाट निर्माण गरिएका सामग्री अभाव हुन थालेको छ । यी विविध समस्याबीच पनि बागलुङ नगरपालिका–३ का भीमबहादुर विश्वकर्माले भने आफ्ना सात पुस्ताले अँगालेको काष्ठकला पेसालाई धान्दै आएका छन् ।

खर्च र समय बढी लाग्ने भएकाले पछिल्लो पुस्ताले काठबाट निर्मित टुँडाल, झ्याल र ढोकाको प्रयोग न्यूनरुपमा गर्न थालेको विश्वकर्मा बताउछन् । ‘धेरै समस्या छन्, तर मैले पुर्खाको पेसालाई जोगाइराखेकै छु’, उनले भने । बागलुङमा घरमा भन्दा पनि मठ–मन्दिरमा काष्ठकलाको प्रयोग बढी हुने गरेको छ । गत भदौदेखि विश्वकर्मा बागलुङ कालिका मन्दिरमै बास बसेर मन्दिरलाई कलात्मक बनाउन लागिपरेका छन् । उनसँगै कान्छा छोरा विकास पनि मन्दिरमै बुवासँगै काष्ठकलामा लागेका छन् ।

कालिका मन्दिरलाई कलात्मक बनाउने काष्ठकलाको जिम्मा ६० वर्षीय विश्वकर्माले लिएका छन् । विश्वकर्माको जीवन काष्ठकलामै बित्यो । आफ्नो सात पुस्तादेखि नै मुख्य पेसा काष्ठकला नै रहेको उनी बताउछन् । बुवा मोतिलालले विभिन्न मन्दिरको टुँडाल तथा भगवानका आकृति बनाएको देखेरै १५ वर्षको उमेरदेखि विश्वकर्मा काष्ठकलातर्फ आकिर्षत भएका हुन् ।

हाल रु आठ लाखमा कालिका मन्दिरको हवन कुण्ड, शिवालय मन्दिर र गणेश मन्दिरका लागि आवश्यक टुँडाल, आँखीझ्याल तथा विभिन्न भगवान्का आकृति तयार गरिराख्नुभएका विश्वकर्माले काष्ठकला व्यवसाय आफ्नो परिवारमा पुस्तान्तरण हुँदैआएको बताए ।

विश्वकर्मासित काष्ठकलासहित तामाले छाउने कार्यको समेत ज्ञान छ । उनले काठलाई विभिन्न घरेलु औजारले महिनौँ कुँदेर विभिन्न आकृतिमा निर्माण गर्दै आएका छन् । ‘सात पुस्ता काष्ठकलामै समर्पित भयो, बुवासँग २०४८ सालमा कालिका मन्दिरको गजुर मिलाउने, झ्याल तथा ढोका कुँद्ने काम गरेको थिएँ, अहिले बुवाले बनाएकै आँखीझ्याल तथा टुडाँल कालिका मन्दिरमा छन्, बुवा बित्नुभएकै २० वर्ष भयो’, उनले भने(‘अहिले पुनः कालिका मन्दिर क्षेत्रमा निर्माण गरिने हवन कुण्ड, शिवालय र गणेश मन्दिरमा मैले आफ्नो कला पोख्ने अवसर पाएको छु ।’

विश्वकर्माका पुर्खाले बागलुङ, गुल्मी, पर्वत, म्याग्दीलगायत ठाउँमा राजाको दरबार, मठ(मन्दिरलगायतमा काष्ठकलाको काम गरेका थिए । गुल्मीको रिडीस्थित रिडेश्वर मन्दिर पनि उनकै पुर्खाले बनाएको विश्वकर्माको भनाइ छ । कालिका मन्दिरको मुख्यद्वार नजिकै बुवाको नाम देखाउँदै उनले भने । ‘काष्ठकलाकै कामले जीवन चलाउँदै आएको छु’, उनले भने । पञ्चकोट, कारिकोट, तित्याङ मनकामनालगायत प्रसिद्ध मन्दिरको ढोका तथा विभिन्न आकृतिमा झ्याल निर्माण गरिसकेको उनले बताए ।

सानैदेखि बुवासँग काष्ठकलाको काम सिकाले अहिले सहज भएको विश्वकर्माको भनाइ छ । कान्छो छोरा विकासले काष्ठकलाको काम सिकिसकेकाले पुस्तान्तरण भएको उनको ठम्याइ छ । पछिल्लो समय कृत्रिम र विद्युतीय उपकरकणको सहायताले काष्ठकलाको काम थालिएको छ । घरेलु हतियारले निर्माण गरेको काठको छुट्टै महत्व रहेको उनी बताउछन् ।

कालिका मन्दिरको हवन कुण्डमा नाग देवता, भगवती, बुद्ध भगवान्, विष्णु, देवी र जलदेवतालगायत आकृतिमा काठ कुँदेर निर्माण गरिएको उनले जानकारी दिए । विश्वकर्माले कलात्मक ढङ्गले कुँदिएको ढोकालाई अहिलेको बजारभाउ एक लाख ८० हजार पर्ने बताए । उनले पुस्ताले एक स्थानमा बनाएको आकृति अर्को स्थानमा नबनाउँदा उक्त मन्दिरको कलात्मक महत्व बढेर जाने बताए । उनले काष्ठकलामा लागेर पुर्खाले बिर्ता पाएको समेत सुनाए । अहिले काष्ठकलाबाट जीवन गुजरामात्रै चलाउन ठिक्क भएको बताए ।

‘कहिलेकाँही काष्ठकलाको काम लगातार पाउँदा आम्दानी राम्रै हुन्छ, कतिबेला भने खाली हात बस्नुपर्ने बाध्यता हुन्छ’, विश्वकर्माले भने । उनले बालभैरव मन्दिर, तित्याङ मनकामना मन्दिर, विभिन्न कूल मन्दिर तथा कयौँ व्यक्तिगत घरका टुडाँल, झ्याल तथा ढोका बनाइसकेको बताए ।

Previous Post

स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोजे माओवादी केन्द्र

Next Post

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

सम्बन्धित खबर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज
आवाज

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

२८ फाल्गुन २०८२,
विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै
आवाज

विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

२८ फाल्गुन २०८२,
शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
आवाज

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

२८ फाल्गुन २०८२,
Load More
Next Post
राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In