क) तत्काल चिसो पानीको धारोमा थाप्ने, त्यसले डाहा कम गर्छ र फोका उठ्न दिँदैन ।
ख) फोका नउठेकोमा चुक लगाए पनि डाहा कम हुन्छ ।
ग) पिपलको बोक्रा पिसेर कपडाछान गरेको धुलो कपासमा राखेर बाँध्ने ।
घ) डाहा भइरहे घिउकुमारी वा टमाटर छप्छपी लाइरहने ।
ङ) फोका उठेमा पाउडर कपासमा राखेर बाँध्ने ।
च) ल्वाङ थिचेर तिलको तेलमा पकाउने र लेदो लगाउने ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट













