एक जना मानिस ससुराली गएछ । ससुरालीमा राम्रो प्रकारले स्वागत गर्ने क्रममा दाल, भात, तरकारी, अचार, दही, चिउरा, फलफूल र जाँड खान दिएछन् । जाँड धेरै खाएर होला, लर्खराउँदै ऊ घरतिर लागेछ र बीच बाटोमा उसलाई बान्ता आएछ । त्यस वेला उसले एउटा भ्यागुतो देखेछ । त्यसपछि जाँडको तालमा लरबरिँदै भनेछ—
जँड्याहाः भात खाएँ, भातै आयो । दही खाएँ, दही नै आयो । चिउरा खाएँ, चिउरै आयो । जाँड खाएँ, जाँडै नै आयो । हैन, मैले यो भ्यागुतो चैँ कतिखेर खाएछु हँ ?
स्वर्ग जान चाहन्छौ ?
कक्षमा एक मिस ससाना बच्चालाई स्वर्गको बारेमा बताइरहेकी थिइन् । सबै कुरा भनिसकेपछि मिसले कक्षामा सोधिन् ः तिमीहरुमध्ये को को स्वर्ग जान चाहन्छौ ?
एक सानी बच्ची बाहेक सबैले हात उठाए । मिसले त्यो बच्चीलाई सोधिन् ः तिमी स्वर्ग किन जान चाहन्नौ ?
बच्चीले भनिन्ः जान त चाहन्छु मिस तर आमाले भन्नुभएको छ कि स्कुलबाट सीधै घर आउनु नत्र तेरा खुट्टा भाँचिदिन्छु ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













