• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मकै बेचेरै जीविकोपार्जन

by
५ चैत्र २०७९,
0
मकै बेचेरै जीविकोपार्जन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खानुहोस् रसिलो, पोषिलो, दुधिलो मकै स्वादिलो नून, खुर्सानी, टिमुर खाए मकै, नखाए भोकै’ सिन्धुली सदमुकाम सिन्धुलीमाडी बजारको व्यस्त सडकमा सुनिने यो आवाजले पदैलयात्रुलाई मकैको ठेलासम्म तान्छ । सडक दायाँबायाँ रहेका व्यापारी र व्यवसायी पनि ठेला वरिपरी झुमिन्छन् । लाग्छ, नीरबहादुर विकको कुरा सबैले सुनिरहेका छन्, उहाँले भन्नुभएको कुरा मानिरहेका छन् । पोलेको मकैै बेच्न नीरबहादुरलाई भ्याइनभ्याई हुन्छ । बिहानभर घरमा पिर्सलेर राखेको घोगाको खोस्टा निकालेर कोइलामा मकै पोल्न व्यस्त हुनुहुन्छ, नीरबहादुरकी श्रीमती ४० वर्षीया शान्ता विक । नीरबहादुर रक्तचाप, मधुमेहलगायत रोगबाट पीडित हुनुहुन्छ ।

उहाँ श्रीमतीलाई सकेको बेला सघाउनुहुन्छ । दुई छोराछोरीकी आमा शान्तालाई दिनभर मकै पोल्न भ्याइनभ्याइ हुन्छ । विक दम्पतीलाई साँझसम्म सडकमा मकै पोल्दै, बेच्दै गरेको भेट्न सकिन्छ । मौसमी मकैभन्दा बेमौसमी मकै बढी बिक्ने भएपछि असिनपसिन भएर मकै पोल्दै गर्नुभएकी शान्ताले आफूले पोलेको मकै श्रीमान्ले बेचिदिँदा मात्रै पनि व्यवसायमा सहयोग पुग्ने बताउनुहुन्छ । विक दम्पतीको सहकार्य उदाहरणीय छ । धनुषाको मिथुलानगरपालिका–११ कालीखोला पुख्र्याैलीघर भएका विक दम्पती सिन्धुली आएर दुई वर्षदेखि मकै बेचेको कमाइले जीविका धान्दै आएका छन् । दैनिक ५० भन्दा बढी मकै बिक्री हुने गरेको शान्ताले बताउनुभयो । “प्रतिगोटा ३० रुपैयाँले बेच्दा हामीलाई १० रुपैयाँ फाइदा हुन्छ । खर्च कटाएर दैनिक रु पाँच सय आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो । चर्को घाम लागोस् वा गर्जेर पानी परोस् यसको विक दम्पतीलाई कुनै प्रवाह हुँदैन् ।

तर सडकमा ठेला लिएर मकै बेच्न हिँड्दा ट्राफिक प्रहरीको खप्की सहनुपरेको शान्ताले दुःखेसो गर्नुभयो । दलित भएकै कारण आफूले पोलेको मकै कतिपय व्यक्तिले नखाएका कारण थर परिर्वतन गरेर मकै बेचेको पीडा पनि विक दम्पतीसित छ । “सुरुसुरुमा विक थर बताउँदा हामीले पोलेको मकै धेरैले खाएनन््, घरबेटीले कोठा दिएनन् । त्यसपछि थर परिर्वतन गरेर मकै बेच्न थाल्याँै,’ शान्ताले भन्नुभयो, “अहिले पनि हाम्रो घरबेटीलाई हामी विक हौँ भन्ने थाहा छैन, सोध्दा ‘माझी’ भन्ने गरेका छौँ ” मकै जीवन निर्वाह गर्ने आधार भएको विक दम्पतीको भनाइ छ । मकै बिक्री गर्नका लागि उनीहरुले रु १५ हजारमा ठेला किनेका छन् । प्रतिकिलो दाउरा रु १२ मा किन्ने गरेका छन् । प्रतिबोरा कोइला रु दुई सयमा खरिद गर्ने गरेको उहाँहरु बताउनुहुन्छ । “हरियो मकै किन्न अन्यत्र जानु पर्दैन्, बिक्री गर्न घरमै ल्याइदिन्छन्”, शान्ताले भन्नुभयो ।

Previous Post

ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट

Next Post

सिकलसेलको अध्ययन गर्दै डा नाकामुरा

सम्बन्धित खबर

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
एमाले अध्यक्ष ओलीलाई पितृशोक
समाचार

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,
पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी
फिचर-ब्यानर

पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

२९ फाल्गुन २०८२,
Load More
Next Post
सिकलसेलको अध्ययन गर्दै डा नाकामुरा

सिकलसेलको अध्ययन गर्दै डा नाकामुरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In