• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौँ महानगरपालिकालाई सार्वजनिक बस व्यवस्थापनमा सकस

by
४ चैत्र २०७९,
0
काठमाडौँ महानगरपालिकालाई सार्वजनिक बस व्यवस्थापनमा सकस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौँ महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ । देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौँ आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो । पुरानो बसपार्क भने अहिले सञ्चालनमा आएको छैन । काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस नयाँ बसपार्क छिर्न नमान्दा सार्वजनिक बस सञ्चालनमा सकस भएको हो । विशेषगरी अहिले काठमाडौँबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन् । यस्तै, धादिङ, रसुवा नुवाकोट जाने सवारी साधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजु क्षेत्रबाट चल्ने गरेका छन् ।

गोङ्गबु चोकदेखि बालाजु चोकसम्मको दुई किलोमिटर दूरीमा नयाँ बसपार्क सञ्चालनमा रहे पनि अधिकांश माइक्रोबस तथा ठूला बस सडक छेउबाटै सञ्चालन हुँदै आएका छन् । ट्राफिक प्रहरीले काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी, यातायात व्यवस्था विभागलगायत सरोकारवाला निकायसँगको छलफलमा रातिको समयमा सञ्चालन हुने सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि कतिपय सवारी साधन भने अहिले पनि चक्रपथ वरपरका सडकबाट सञ्चालन हुँदै आएका छन् । जनकपुर, वीरगञ्ज, बारा, पर्सालगायतका क्षेत्रमा चल्ने रात्रिकालीन सवारी साधन अहिले पनि गौशालाबाट चल्दै आएका छन् । यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन् । चितवन, नवलपरासी क्षेत्रमा चल्ने माईक्रोबस कलङ्की र हेटौँडा चल्ने सुमोबस बल्खुबाट चल्दै आएका छन् । सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि काठमाडौँ महानगरपालिकाले वडा नं २६ गोङ्गबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा झण्डै दुई हजार सार्वजनिक सवारी साधन अट्न मिल्ने पार्किङ बनाए पनि कडा नीति नहुँदा अधिकांश सवारी साधन सडकबाटै सञ्चालन हुँदै आएका छन् ।

काठमाडौँ महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ सबै सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने गरी काठमाडौँ महानगरपालिकाले गृहकार्य थालिरहेको बताउनुहुन्छ । “काठमाडौँ महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन पार्किङका लागि नयाँबसपार्कमा एक सय ६१ रोपनी जग्गा उपलब्ध गराएको छ, सबै सवारी साधन बसपार्कभित्रबाट सञ्चालन हुनुपर्छ”, उहाँ भन्नुहुन्छ । बसपार्कमा सवारी साधन नअटाए त्यसको विकल्प खोजिने उहाँको भनाइ छ । काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्रको ट्राफिक जाम घटाउन र निजी सवारी साधन पार्किङका लागि आवश्यक अध्ययन गरिरहेको श्रेष्ठ बताउनुहुन्छ । हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलङ्कीदेखि बालाजु–चाबहिल हुँदै कोटेश्वरसम्म दोस्रो चरणको काम भइरहेकाले सडकबाट बस सञ्चालन गर्न कठिनाइ भइरहेको व्यवसायी बताउँछन् । लमजुङ माईक्रोबस कम्पनीका कर्मचारी विष्णु खत्री नयाँ बसपार्कभित्र माइक्रोबस लैजाँदा माइक्रोबसले बोक्ने यात्रु ठूला बसले बोक्दा माइक्रोबसले यात्रु नपाउने डरले आफूहरुलाई बसपार्कभित्र जान समस्या परेको बताउनुहुन्छ । “हामीलाई सडकबाट माइक्रोबस गुडाउने रहर छैन, नयाँ बसपार्कभित्र ठूला बस र माईक्रोबसका लागि छुट्टाछुट्टै पार्किङको व्यवस्था हुनुपर्छ”, उहाँ भन्नुहुन्छ ।

काठमाडौँको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट लामो दूरीका सवारी साधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउनुहुन्छ । “लामो तथा छोटो दूरीका सवारी साधन गोङ्गबुस्थित नयाँ बसपार्क र पुरानो बसपार्कबाट सञ्चालन हुनुपर्छ, साँघुरो सडकमा जथाभावी सवारी पार्किङ गर्दा लामो समयसम्म सवारी जाम हुने गरेको छ”, उहाँ भन्नुहुन्छ । प्रवक्ता भट्ट चक्रपथ वरपरका ठाउँमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले उच्च निगरानी राखी कारबाही गर्दै आएको बताउनुहुन्छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा १९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने एक हजार पाँच सय हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन् । पछिल्लो समय राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

Previous Post

विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने

Next Post

मन र विचार मिल्नेसँग गठबन्धन : अध्यक्ष नेपाल

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
मन र विचार मिल्नेसँग गठबन्धन : अध्यक्ष नेपाल

मन र विचार मिल्नेसँग गठबन्धन : अध्यक्ष नेपाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In