तपाईं छोराछोरीलाई नैतिकवान् बनाउन चाहनुहुन्छ, कर्तव्यनिष्ठ बनेको देख्न चाहनुहुन्छ भने आफ्ना आमाबाबालाई प्रेम, सम्मान र भरपुर सेवा गर्न सिक्नुस् । तपाईंले आफ्ना आमाबाबालाई जे दिनुहुन्छ त्यही कुरा तपाईंका सन्तानले पनि तपाईंलाई दिने हुन् ।
कथा सम्झौँ— एउटा मान्छेले आफ्ना बूढो बालाई डोकामा राखेर फाल्न लैजान्छ । छोराले देखेर भन्छ— बुवा बुवा, हजुरुबालाई फाल्दा डोको चाहिँ नफाल्नु है । किन छोरा ? बाबुले सोध्छन् ।
तपाईं पन बूढो हुँदा फाल्नलाई त्यही डोको चाहिन्छ क्या— छोरा भन्छ । अतः जसले आफ्ना आमाबाबाको प्रेम सेवा गर्दैनन् उनीहरुले आफ्ना छोराछोरीबाट कुनै पनि सकारात्मक कुरा पाउनै सक्दैनन् । किनकि प्रकृति कार्य–कारणवादमा चल्छ ।
साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट













