विधि
– दण्डासन (सुखासन) मा बसेर बायाँ खुट्टालाई पञ्चाबाहिर पर्ने गरी मोडेर राख्नुहोस् । यसरी मोड्दा कुर्कुच्चा (हिल) नितम्बमा छोएको हुनुपर्छ ।
– दायाँ खुट्टालाई मोडेर खुट्टाको पञ्जा बायाँ नितम्बको नजिक राख्ने ।
– श्वास भित्र भर्दै दुवै हातलाई माथि उठाउने तथा श्वास बाहिर छोड्दै दाहिनेतिर झुक्ने । हात भुइँमा टेकेको अवस्थामा हुनुपर्छ ।
– श्वास भित्र लिँदै हातलाई माथि ल्याउने तथा श्वास बाहिर छाड्दै बायाँतिर झुक्ने । तल झुक्दै हातलाई कानको नजिकबाट लगाउने र सीधा राख्ने ।
– यस प्रकार खुट्टा बदलेर यो अभ्यास अर्काे तर्फबाट पनि गर्नुपर्छ ।
लाभ
– पेटवरिपरि जमेको बोसो कम गर्छ ।
– पेटका रोगहरु, मधुमेह आदिमा यो आसन लाभकारी छ ।
तर
गर्भिणीकालको अन्तिम समयमा र कुनै पनि दीर्घरोगीले यो आसन अपनाउनुहुँदैन ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट













