• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

फागुनमै सुक्न लागे खानेपानीका मुहान

by
२८ फाल्गुन २०७९,
0
फागुनमै सुक्न लागे खानेपानीका मुहान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । यस वर्ष फागुन नसकिँदै खानेपानीका मुहान सुक्न थालेका छन् । सामान्यतया वैशाख रजेठमा खानेपानीको मुहान सुक्ने गरेकामा यस वर्ष खडेरीले फागुन नसकिँदै मुहान सुक्न थालेका हुन् ।

महोत्तरीको उत्तरी भेगमा पर्ने बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको मुहान सुक्दै गएका छन् । पानीका स्रोत सुक्दै गएपछि यसपाली खानेपानीको हाहाकार हुने भन्दै स्थानीयवासी चिन्तित भएका छन् । “धाराबाट पानी झर्नै छाड्यो”, बर्दिबास–२ की गायत्री उपाध्यायले भनिन, “गत वर्ष यो बेला यस्तो भोग्नु परेको थिएन, पानीका लागि अहिले त दिनभर कुरेर बस्नुपर्ने भएको छ ।”

बर्दिबास नगरपालिकाका धेरैजसो बस्तीमा नदी, खोल्सी र जरुवाको पानी सङ्कलन गरिएको पानी सर्वसाधारणलाई वितरण गरिँदै आइएको छ । यस वर्ष हिउँदे वर्षा नहुँदा नदी, खोल्सी र जरुवाका मुहान चाँडै सुक्दा पानीको समस्या भएको स्थानीय बताउँछन् । “पानीको स्रोत सुक्दै गएकाले धारामा पानी घटेको हो”, बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भुलनबहादुर सेनले भने । संस्थाले बर्दिबास–१, २, ३ र १४ वडाका उपभोक्तालाई खानेपानीको व्यवस्था गर्दै आएको छ ।

बर्दिवासका चल्की विजलपुरा, भेडियारीटोल, मेघरोलसहितका बस्तीमा चापाकल तथा पशुपतिनगर, विजलपुरा, प्रेमनगर, किसाननगर र हाथीलेटका बस्तीमा इनार प्रयोग गरिँदै आएकामा केही समययता चापाकल सुक्दै गएका छन् । इनारमा पनि पानीको सतह गहिरिएको स्थानीयले बताए ।

भङ्गाहा र गौशालामा इनार र चापाकलको प्रयोग गरिन्छ । पानीका स्रोत सुक्दै गएका भङ्गाहा–४ प्रेमनगरका जवाहर महतोले बताए । “अब वर्षा भएमात्र पानी पर्याप्त हुन्छ”, उनले भने । वडा नं ४ र ५ का बस्तीमा बर्सेनि गर्मीयाममा खानेपानीको सङ्कट हुँदै आएको छ । “पहिला १५ हात इनार खनेपछि पानीको मूल भेटिन्थ्यो”, स्थानीय ६० वर्षीय हरिदेव साहले भने ।

चुरे पहाडी काछका बस्तीमा पनि खानेपानीको समस्या भएको छ । जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या भएको हो । बर्दिवास–३, ४, ५, १० र ११ वडा यस क्षेत्रमा पर्छन् । “एक दशकअघिसम्म यहाँका जरुवा कहिल्यै सुक्दैनथे, पछिल्ला केही वर्षयता नदी, पाखा र बगर पर्ती जग्गामा बालुवा, ढुङ्गा झिक्न ठूलाठूला उपकरण प्रयोग हुन थालेपछि मुहान सुक्दै गएका हुन्”, बर्दिवास–१० खयरमाराका ६० वर्षीय प्रेमध्वज लामाले भन्नुभयो । पानीका मुहान सुक्दै जानुका कारण वन विनाश र अवैध उत्खनन् नियन्त्रण हुन नसक्नु पनि भएको उनले बताए ।

खानेपानीको स्रोत इनारमात्र भएका बर्दिवास–८ को हाथीलेटको विजय बस्तीमा पनि पानी सुक्दै गएको छ । गौशाला नगरपालिकाको बेलगाछी, भरतपुर, लक्ष्मीनियाँ र रामनगर तथा भङ्गाहा नगरपालिकाको प्रेमनगर, भूचक्रपुर, धतियाटोल, रामनगरसहितका बस्तीमा इनार र चापाकल सुक्न थालेपछि फागुन नसकिँदै खानेपानीको सङ्कट भएको छ ।

बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बस्तीमा पाँच वर्षयता इनार सुक्नेक्रम बढ्दै गएको छ । यसअघि लामो खडेरी पर्दा मात्र इनार सुकेका थिए । गाईबस्तुलाई पानी खुवाउन समस्या भएको स्थानीयको भनाइ छ । पानी अभावले बालीनालीसमेत सुक्न थालेको भङ्गाहा–४ रामनगरका नारायण दाहालले बताए ।

चुरे क्षेत्रका खोल्साखोल्सी, वन क्षेत्र, नदी, सिमसार क्षेत्र र पोखरी ९तलाउ० पानीका मुख्य स्रोत भएकाले यिनको संरक्षण एवं उपयोग नीति नबनेसम्म पानीको सङ्कट नटुङ्गिने भङ्गाहा–७ का वन, वातावरण र चुरे विज्ञ डा विजयकुमार सिंहले बताए ।

Previous Post

खोलामा अवैध उत्खनन हुँदा किसान चिन्तित

Next Post

इण्डोनेसियाको मेरापी पर्वतमा ज्वालामुखी विष्फोट

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
इण्डोनेसियाको मेरापी पर्वतमा ज्वालामुखी विष्फोट

इण्डोनेसियाको मेरापी पर्वतमा ज्वालामुखी विष्फोट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In