ताइपेई— तिब्बत समर्थक र मानव अधिकार समूहहरूले आज (आइतबार) ताइवानको ताइपेईमा तिब्बतीहरू र चीनमा उत्पीडन भोगिरहेका अन्य अल्पसंख्यक समूहहरूप्रति ऐक्यबद्धता जनाउन समर्थक -याली हुने , ताइपेई टाइम्सले उल्लेख गरेको छ।
मार्च २००४ मा सुरु भएको यो -याली चिनियाँ शासनको विरुद्ध तिब्बती विद्रोहको क्रममा मृत्यु भएकाहरूको सम्झना गर्ने उद्देश्य थियो।-यालीको आकार र एजेन्डामा बर्षेनी बढ्दै गएको आयोजकले बताएका छन् ।
यस वर्षको कार्यक्रम सिनजियाङ र हङकङमा उत्पीडन सामना गरिरहेका मानिसहरूलाई समर्थन देखाउने उद्देश्यले पनि भएको आयोजकले जनाएका छन् ।ताइवानमा निर्वासित तिब्बती सरकारका प्रतिनिधि केल्साङ ग्याल्टसेन बावाले शुक्रबार ताइवानीहरूलाई चिनियाँ सरकारको दमनबाट पाठ सिक्न आग्रह गरे।













