एक जना पोल्ट्रिफार्मको मालिकले सबै कुखुराहरुलाई भनेछः सबैले भोलिदेखि दुईदुईवटा अन्डा दिने, जसले दिँदैन त्यसलाई म काटिदिन्छु ।
भोलिपल्ट सबैले दुई दुईवटा अन्डा दिए तर एउटाले एक दाना मात्रै दियो र मालिकले रिसाउँदै सोधेछ ।
जवाफमा भनेछः यो पनि तपाईंको डरले मात्रै दिएको नत्र त म त भाले हुँ ।
उखान टुक्काहरु
– खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ ।
– १२ छोरा १३ नाति, बुढोको मन तरुनीमाथि ।
– मनको लड्डु बियरसँग खा ।
– जाडो भयो राती अनि बूढी ताती ।
– जस्तालाई तस्तै पाउरोटीलाई निस्तै ।
– जुन नेता आए पनि घूस खान नछाड्ने ।
– कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













