• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लेकसाइडमा रङमा रमाए पर्यटक

by
२२ फाल्गुन २०७९,
0
लेकसाइडमा रङमा रमाए पर्यटक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 नेपालको पर्यटकीय नगरी पोखरा । पोखराको पनि विदेशी पर्यटकको केन्द्र लेकसाइड । आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा निकै रमाए । होली नेपाली परम्पराको रङको पर्व । एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ । विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि । विदेशी पर्यटक पनि आज यहाँ नेपालीसरह नै रङमा रमाए । निकै खुसी हुँदै विभिन्न रङ लगाउँदै होली खेले । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन रेवान पोखराले फागुपूर्णिमाका अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रमा विभिन्न देशका पाँच सय बढी पर्यटकले एकअर्कामा होली रङ लगाएर रमाएका थिए । होलीको रङसँगै रमाइरहनुभएका जर्मन नागरिक मरियसले यो विशेष दिनले निकै खुसी दिएको बताउनुभयो ।

“निकै खुसी लागेको छ, पोखरामा आएर रङसँग रमाउन पाउँदा, आनन्द पनि लागेको छ, सबै जनालाई खुसी देखेको छु”, उहाँले भन्नुभयो । “यहाँ कसैले को कहाँबाट आएको र को कुन धर्म मान्ने भनेर कसैले सोधेनन् सबैले सबैलाई सम्मानपूर्वक रङ लगाइदिए, मलाई यो समानता निकै मनप¥यो”, उहाँले विभेदरहित पर्वको पनि सङ्ज्ञा दिनुभयो । उहाँसँग रहनुभएका अर्का जर्मन नागरिक डेनियलले पनि रङसँग खेल्दा तनावको अनुभूति नभएको, बडो रमाइलो अनुभूति भएको प्रतिक्रिया दिनुभयो । अन्नपूर्ण बेसक्याम्पमा जान आउनुभएका डेनियलले आजको दिनले ऊर्जा थपेको र खुसी बढेको अनुभव सुनाउनुभयो । आफूलाई निलो रङ एकदम मनपर्ने भन्दै उहाँ सोही रङसँग निकै रमाउनुभयो । आफूले पनि रङ दल्नुभयो अरुलाई पनि लगाइदिनुभयो ।

त्यसैगरी तीन हप्ताअघि बेल्जियमबाट नेपाल आउनुभएकी लिसाले पनि रङसँग रमाएको आजको दिन जीवनमा यादगार हुने बताउनुभयो । लमजुङको बेसीशहरको एक स्कुलमा स्वयंसेवीका रुपमा काम गर्दै आउनुभएकी उहाँ पोखरा घुम्न आउँदा रङसँग रमाउन अवसर मिलेको बताउनुभयो । “म खुसी छु, जीवनको पहिलो अनुभव हो हो, रङसँग रमाएको यो अवसरका लागि सबैलाई धन्यवाद”, लिसाले भन्नुभयो । इलामको चियाबारेमा अध्ययनका लागि नेपाल आउनुभएकी होल्यान्डकी एल्काले पनि रङ्गीविरङ्गी रङमा रमाउँदा निकै आनन्द र खुसी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले हरेक देश र नागरिकको आआफ्नो संस्कार र संस्कृति हुने र एकअर्काले त्यसको सम्मान गर्नसके खुसी मिल्ने बताउनुभयो । उहाँले रेवानले आयोजना गरेको कार्यक्रमले विभिन्न देशका नागरिक एकै ठाउँमा हुने अवसरसमेत प्रदान गरेकामा खुसी व्यक्त गर्नुभयो ।

रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले रेवानले हरेक वर्ष फागुपूर्णिमा होली विशेष महोत्सव गर्दै आएको र यस वर्ष पनि विदेशी पर्यटकको उल्लासमय उपस्थितिका कार्यक्रम गरेको बताउनुभयो । “कोरोना महामारीपछि यो वर्ष पर्यटकको उल्लासमय उपस्थिति रह्यो, विदेशी पर्यटक एकअर्कालाई रङ दलेर आत्मियता र माया साटिरहेको हामीले पायौँ । यो हाम्रो संस्कृतिप्रतिको सम्मान हो”, पौडेलले भन्नुभयो । हरेक संस्कार संस्कृतिको आआफ्नै महत्व हुने र त्यसको महत्व उजागार गर्नसके पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने उहाँको भनाइ थियो । उहाँले पर्यटन प्रवद्र्धनका लागि रेवानले सांस्कृतिक र धार्मिक, सामाजिक पक्षलाई समेत ध्यान दिएर विभिन्न कार्यक्रम गर्दै आइरहेको र त्यसमा विशेष गरी विदेशी पर्यटकलाई लक्षित कार्यक्रममा जोड दिएको बताउनुभयो ।

महोत्सव पोखराको लेकसाइडको अम्बोटबाट हल्लनचोकसम्म पञ्चेबाजासहित पर्यटन व्यवसायी, आन्तरिक तथा बाह्य पर्यटक विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा ¥याली निकालिएको थियो । रेवानका महासचिव विकास भट्टराईले होलीका क्रममा हाम्रो देशको संस्कृति जानकारी दिन सकियोस् भनेर पञ्जेबाजाका साथै अन्य नाचगान पनि गरिएको उहाँले बताउनुभयो ।

Previous Post

घरमा प्रहरी आएपछि इमरान खान भागे

Next Post

रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी

सम्बन्धित खबर

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

२१ फाल्गुन २०८२,
कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान
आवाज

कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
आवाज

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

२१ फाल्गुन २०८२,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
फिचर-ब्यानर

रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

२१ फाल्गुन २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशका अधिकांश भागमा आज मौसम सफा रहने

२१ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२१ फाल्गुन २०८२,
Load More
Next Post
रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी

रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In