• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आरन व्यावसायीलाई कोइला अभाव

by
२० फाल्गुन २०७९,
0
आरन व्यावसायीलाई कोइला अभाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विश्वकर्मा समुदायको पुख्र्यौली व्यवसायका रुपमा आरन व्यवसायलाई लिइन्छ । यस समुदायका सबैका घर–घरमा पहिले आरन व्यवसाय अनिवार्यजसो चलाइन्थ्यो । विश्वकर्मा समुदायको पुर्खादेखि नै जीविका चलाउने माध्यम नै आरन व्यवसाय हो । हिजोआज भने गाउँघरमा पहिलेजसो व्यावसायिक रुपमा आरन चलाउने कमै छन् । यो व्यवसाय चलाउन कोइलाको अभाव र बाउबाजेले धान्दै आएको व्यवसाय युवापुस्ताले अवलम्बन नगर्दा व्यावसायिक रुपमा आरन धान्ने कम छन् । पाल्पाको बगनासकाली गाउँपालिका–९ बगनास बस्ने ४६ वर्षीय राजु विश्वकर्माले कोइलाको अभावमा व्यवसाय धान्न समस्या रहेको गुनासो गर्नुभयो । बाउबाजेको पालादेखि नै चलाउँदै आएको व्यवसाय अहिले आफूले पनि निरन्तर रुपमा धान्दै आएको उहाँ बताउनुहुन्छ । गाउँघरमा कोइलाको अभावले गर्दा आरन व्यवसाय धान्न अप्ठ्यारो परेको उहाँले बताउनुभयो ।

“आरन व्यवसाय धान्न कोइलाको समस्या छ, गाउँमा हिजोआज कोइला पाइन छाड्यो”, उहाँले भन्नुभयो, “किनेर चलाउनु पर्दा व्यवसाय धान्न अप्ठ्यारो परिरहेको छ, कोइलाको बन्दोबस्त कतैबाट नहुँदा व्यवसाय कसरी धान्ने भन्ने पिरलो छ ।” उहाँले अहिले कोइला किनेर दुःखसुखले पुख्र्यौली व्यवसाय धानिरहनुभएको छ । हँसिया, कोदालो, कुटो, बञ्चरोलगायत फलामबाट बन्ने घरायसी प्रयोजनका सबैजसो औजार बनाउनुहुन्छ । पाल्पाको प्रख्यात बगनासे साँचोसमेत उहाँले तयार पार्नुहुन्छ । उहाँले न्यूनतम रु दुई सयदेखि एक हजार तीन सय मूल्यसम्मका सामग्री तयार पारेर बिक्री गर्नुहुन्छ । उहाँ यस व्यवसायबाट मासिक रु ३० हजार बराबरको कमाई गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “बाउबाजेबाट सीप सिकेर अहिलेसम्म निरन्तरता दिइरहेको छु, आरनबाटै घरखर्च चलाइरहेको छु, व्यावसायिक रुपमा काम गर्ने कम छन्, दैनिक घरायसी प्रयोजनका लागि चाहिने सामग्री भएकाले टाढा टाढाबाट ग्राहक खोजी खोजी आउँछन् ।

” अहिले उहाँले भँैसी बाँध्ने गोठमा आरन व्यावसाय चलाइरहनुभएको छ । व्यवसायमा वेल्डिङ्ग मेशिन, काट्ने मेशिन, छेड्ने मेशिन, कोइलाको आवश्यकता रहेको हुँदा विभिन्न सङ्घसंस्थाबाट उहाँले सहयोगको अपेक्षा गर्नुभएको छ । सबैले छाड्दै गएको अवस्थामा आफूले भने यो व्यवसायलाई सकेसम्म नछाड्ने अठोट राख्नुभएको छ । उहाँले घरमा तयार पारिएका विभिन्न सामग्री तानसेनको नारायणस्थान बजारको सडक छेउमा बसेर बिक्री गरिरहनुभएको छ । विश्वकर्मा विभिन्न स्थानमा हुने मेला महोत्सवमा बिक्रीका लागि सामग्री बोकेर पुग्नुहुन्छ । गाउँघरमा लोप हुँदै गरेको यस व्यवसायमा आफू सन्तुष्ट रहेको उहाँ बताउनुुुुुहुन्छ । उहाँ वैदेशिक रोजगारको सिलसिलामा कतार र साउदीमा करिब सात वर्ष काम गरेर स्वदेश फर्केपछि घरमै बसेर आरन व्यवसायमा रमाइरहनुभएको छ । उहाँले अर्काको देशमा दुःख गर्नुभन्दा हातमा सीप भएपछि घरमै बसेर काम गर्दा रमाइलो लागिरहेको अनुभव सुनाउनुभयो ।

उहाँले आफ्नै घरमा स्वतन्त्रसँग परिवारको साथमा आफ्नो सीपलाई व्यावसायिक रुपमा प्रयोग गरिरहनुभएको छ । रामपुर नगरपालिका–५ सुन्दरटोलका ६५ वर्षीय इन्द्रबहादुर विक पनि यस व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँ घरको एक छेउमा जस्तापाता लगाएको छानोमुनि बसेर आरनको काम गर्नुहुन्छ । उमेर बुढ्यौलीपन लागे पनि समुदायबाट यो व्यवसाय लोप हुँदै गएकामा उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । विकले यो व्यवसाय साढे चार दशकदेखि निरन्तर धान्दै आउनुभएको छ । घरमै बसेर एक महिनामा रु २० हजारदेखि ३० हजारसम्म कमाउन सकिने उहाँले बताउनुभयो । उहाँले हातले कुदेर कलात्मक रुप दिई गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हँसिया लगायतका विभिन्न सामग्री बनाउने गर्नुहुन्छ । हातले कँुदेर बनाइएको कोदालो, बञ्चरो आकार हेरेर रु छ सयदेखि रु एक हजार, हँसिया रु एकदेखि तीन सयसम्ममा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

पहिले गाउँमा प्रशस्त मात्रामा कोइला पाउँदा व्यवसाय सजिलोसँग धानिए पनि अहिले भने कोइला पाउन गाह्रो हुँदा सबैले छाड्दै गएको विक बताउनुहुन्छ । “घरपिच्छे आरन चल्थ्यो, कोइला गाउँमा जताततै सित्तैमा पाइन्थ्यो, व्यवसाय चलाउन समस्या थिएन, कोइला बिना आरन चल्दैन, कोइलामा लगानी गर्नुपर्दा व्यवसायीलाई समस्या थपिएको छ”, उहाँले भन्नुभयो । गाउँघरमा भने पछिल्लो समय आरन चलाउने युवा कोही पनि छैनन् । विश्वकर्मा समुदायका पाका पुस्ता आरन व्यवसाय लोप हुँदै जाँदा चिन्ता व्यक्त गरिरहेका छन् । स्थानीय सरकारले कोइला र आरन व्यवसायका लागि आवश्यक पर्ने औजार र छाप्रो व्यवस्थापनमा सहयोग गरिदिए व्यवसायलाई व्यवस्थित बनाउने सम्बद्ध व्यवसायीको माग छ । घरमै बसेर जुनसुकै समय व्यवसाय चल्ने भएकाले यसबाट राम्रै कमाउन सकिन्छ ।

Previous Post

हलमा :‘छड्के–२’ सँगै ‘छक्का पञ्जा–४’

Next Post

पाकिस्तानमा धार्मिक अल्पसंख्यकहरूले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न समस्याः रिपोर्ट

सम्बन्धित खबर

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’
अन्तर्राष्ट्रिय

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

२ चैत्र २०८२,
केरा गाउँ ‘बाँस्टारी’
कृषि

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

२ चैत्र २०८२,
ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
आर्थिक

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

२ चैत्र २०८२,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

होर्मुज बन्दः विश्व बजारमा दबाब

२ चैत्र २०८२,
Load More
Next Post
पाकिस्तानमा धार्मिक अल्पसंख्यकहरूले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न समस्याः रिपोर्ट

पाकिस्तानमा धार्मिक अल्पसंख्यकहरूले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न समस्याः रिपोर्ट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In