शिक्षकः २० लाई ५ ले भाग गर्दा कति हुन्छ ?
विद्यार्थीः यो त साह्रै घुमाउरो प्रश्न भयो सर ।
शिक्षकः (उदाहरण दिँदै) २० वटा कपि ५ जनालाई बराबर बाँडियो भने कति कति वटा पुग्छ त ?
विद्यार्थीः यो त झनै घुमाउरो भयो सर ।
शिक्षकः (निरास हुँदै) मानौँ २० जना केटी ५ जना केटालाई बाँडियो भने कति कति जना पुग्छ ?
विद्यार्थीः (हतारिँदै एकै स्वरमा) ४–४ जना पुग्छ सर ।
श्रीमती चाहिएन
भिखारीः हजुर केही खाने कुरा पाइन्छ ?
भित्रबाटः (श्रीमान्) श्रीमती घरमा छैन ।
भिखारीः हजुर मलाई श्रीमती त चाहिएन ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













