आचार्य महावीर द्विवेदी हिन्दीका महान् लेखक ‘सरस्वती’ पत्रिकाका सम्पादक थिए । सरस्वतीबाट सेवा निवृत्ति भएपछि उनी आफ्नो गाउँमा गए । एक दिन जब उनी एउटा खेत नजिकैबाट हिँडिरहेका थिए तब उनले एउटी मजदुर आइमाई चिच्याएको सुने । उनले देखे, ती महिलालाई सर्पले टोकेको थियो ।
द्विवेदीले एकक्षण पनि नगुमाइ आफ्नो जनै चुडालेर ती आइमाइलाई सर्पले टोकेको ठाउँमा यसरी बाँधिदिए कि विष शरीरभरि नफैलियोस् । जनै चुँडालेको देखिरहेको एक ग्रामीण मानिसले उनलाई अनेकौँ कुरा सुनाउन थाल्यो । तपाईं ब्राह्मण हो र यो अछुत महिलालाई आफ्नो जनै बाँधिदिएर तपाईंले ब्राह्मण धर्मको अपमान गर्नुभयो ।
द्विवेदीले शान्त स्वरमा भने, मानिसको सेवाभन्दा ठूलो कुनै धर्म छैन । पराइको पीडा हटाउनको लागि म जनै त के शरीरको रगत मासु पनि दिन सक्छु ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













